हावड़ा, 7 जून (हि.स.)। हावड़ा जिल्लाको आमतामा शनिवार बिहान एकजना किशोरीको घरभित्रै झुण्डिरहेको शव भेटियो। आमता थानाको पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो।
मृत किशोरीका पिताको दाबी अनुसार केही दिनअघि किशोरीकी छ्यामाको मृत्यु भएको थियो। छ्यामाको मृत्युपछि किशोरी काकाको सम्पर्कमा पुगेकी थिई। यिनीहरूले आपस्तमा फोनमा बातचित गर्न थालेका थिए साथै भेटघाट पनि गर्न थालेका थिए। त्यसपछि किशोरीले आमा-बुवालाई काकासित विवाह गर्ने कुरा बताई। यसैलाई लिएर घरमा अशान्ति भइरहेको थियो।
परिवारको दाबी छ, गए शुक्रवार किशोरीका माता-पिता, भाइ र काका उसको घरमा गएका थिए। शनिवारबिहान पुलिसले घरबाट किशोरीको शव झुण्डिरहेको अवस्थामा उद्धार गऱ्यो। पुलिसले मृतकाको मोबाइल फोन जफ्त गरेको छ। आमता थानाको पुलिसले घटनाको जाँच गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा