सुन्दरबनमा पर्यटकहरूको प्रवेशमाथि रोक, वन्यजीवहरूको प्रजनन सुरक्षाको लागि 15 जूनदेखि 15 सेप्टेम्बरसम्म प्रतिबन्ध लागू
सुन्दरबनमा पर्यटकहरूको प्रवेशमाथि रोक, वन्यजीवहरूको प्रजनन सुरक्षाको लागि 15 जूनदेखि 15 सेप्टेम्बरसम्म प्रतिबन्ध लागू


कोलकाता, 7 जून (हि.स.)। बर्खाझरीमा सुन्दरबनमा पर्यटकहरूको आगमनमा पूर्ण प्रतिबन्ध लागू रहनेछ। पश्चिम बंगालको वन विभागले यस वर्ष आगामी 15 जूनदेखि 15 सेप्टेम्बरसम्मको लागि यो कड़ा कदम उठाएको छ।

प्रतिबन्ध लगाउनुको उदेश्य बाघ, हरिण, गोही तथा अन्य वन्यजीवहरू सहित माछाहरूको प्रजनन प्रक्रियालाई सुरक्षित परिवेश प्रदान गर्नु हो। यस अवधि सुन्दरबनमा पर्यटकहरूको प्रवेशमाथि मात्र रोक लगाइएको छैन जबकि जंगलबाट संसाधन संग्रह तथा नदी एवं खाड़ीहरूमा माछा मार्न जाने गतिविधिहरूमाथि पनि रोक लगाइएको छ।

वन विभागीय अधिकारीहरूले बताए, जूनदेखि अगस्तसम्म सुन्दरबनमा अधिकांश माछा लगायत वन्य प्रजातिहरूको प्रजनन काल हुन्छ। यस अवधि पर्यटक अनि व्यापारिक गतिविधिहरूले उनीहरूको जीवनचक्रमा बाधा पुऱ्याउनसक्छ। त्यसैले विभागले शान्त एवं सुरक्षित वातावरण राख्नको लागि यो कदम उठाएको हो ताकि प्रजनन दरमा वृद्धि होस् अनि वन्यजीवले निर्बाध रूपमा विचरण गर्न सकोस्।

पर्यावरणविदहरूको मान्यता छ, यो कदम सुन्दरबनको जैवविविधतालाई कायम राख्न अनि पारिस्थितिकी सन्तुलको लागि अत्यन्त आवश्क छ। वर्ष 2019-देखि लागू इन्टीग्रेटेड रिसोर्सेज म्यानेजमेन्ट प्लान (आईआरएमपी)-को सिफारिस अन्तर्गत हरेक वर्ष यो प्रतिबन्ध लागू गरिन्छ। यो नीतिगत निर्णय सुन्दरबन जस्तो संवेदनशील पारिस्थितिक क्षेत्रको दीर्घकालिक संरक्षणको दिशामा महत्वपूर्ण मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande