अस्पतालमा 6 महिनापछि पनि शुरू भएन अपशिष्ट प्रबन्धन परियोजना
अस्पतालमा 6 महिनापछि पनि शुरू भएन अपशिष्ट प्रबन्धन परियोजना


- चांचल अस्पताल परिसरमा दुर्गन्धले हैरान भइरहेका छन् रोगी अनि परिवार

मालदह, 7 जून (हि.स.)। मालदहको चांचल सुपर स्पेशियलिटी अस्पतालमा ठोस अपशिष्ट प्रबन्धन परियोजनाको काम भइसकेको छ। जिल्ला परिषदद्वारा 16 लाख रुपियाँको लागतमा काम पूरा भएको 6 महिना बितिसक्दा पनि सेवा शुरू भएको छैन। फलस्वरूप अस्पताल परिसरमा थुप्रिएको अपशिष्टबाट दुर्गन्ध फैलिरहेको छ।

सड़कमा हिँड़्दा मानिसहरूलाई आफ्नो नाक रूमालले ढाक्नुपर्छ। तथापि अस्पताल परिसरमा निर्माणाधिन भवन सामु एक उद्घाटन पट्टिका झुण्डाइएको छ। तर यहाँ के प्रश्न उठिरहेको छ भने परियोजना किन शुरू भइरहेको छैन? यसले गर्दा सबैभन्दा अधिक समस्या डायलिसिस वार्डमा जाने रोगी तथा उनीहरूका परिवारहरूलाई भइरहेको छ।

मालतीपुरकी दीपा दासले बताइन्, म यहाँ थुप्रिएको मैला-कुचैला भएर गुज्रिएपछि केही पनि खाने अवस्थामा हुँदिन। म बिमार भएकी छु। अस्पतालका अधीक्षक सुमित तालुकदार अनुसार ठोस अपशिष्ट परियोजनालाई अहिलेसेम्म हामीलाई सु्म्पिदिएको छैन।

अस्पतालमा भइरहेको समस्यालाई ध्यानमा राखेर मालदह जिल्ला परिषदको पहलमा यस अपशिष्ट प्रबन्धन परियोजनाको काम शुरू गरिएको थियो। यस सम्बन्धमा मालदह जिल्ला परिषदकी सदस्य सायरा बानोले भनिन्, परियोजनाको निर्माण कार्य पूरा भइसकेको छ। केही उपकरणहरू लगाउन बाँकी छ। जिल्ला प्रशासनसित चर्चा गरेर चाँड़ै नै यसलाई शुरू गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande