द्रूत गतिको लरी र बाइकको भिड़न्तमा युवकको मृत्यु, पत्नी गम्भीर रूपमा घाइते
द्रूत गतिको लरी र बाइकको भिड़न्तमा युवकको मृत्यु, पत्नी गम्भीर रूपमा घाइते


कोलकाता, 7 जून (हि.स.)। दक्षिण 24 परगना जिल्लाको काकद्वीपमा गए शुक्रवार अबेर राति भएको एक विभत्स सड़क दुर्घटनामा बाइक सवार युवकको मृत्यु भयो भने उसकी पत्नी गम्भीर रूपमा घाइते भएकी छन्। यो घटना राष्ट्रिय राजमार्ग-117, हारउड प्वोइन्ट कोस्टल थानान्अंतर्गत करबाड़ी क्षेत्रमा भएको हो।

मृतक युवकको नाम शम्भुनाथ मिस्त्री (उम्र 48 वर्ष) हो जो काकद्वीपको पूर्व मयनापाड़ा क्षेत्रका निवासी थिए। पुलिस अनि स्थानीय सूत्रबाट प्राप्त जानकारी अनुसार गए शुक्रवार अबेर राति शम्भुनाथ आफ्नी पत्नीलाई लिएर बाइकमा नामखानातर्फ गइरहेका थिए। सोही समय नामखानादेखि काकद्वीप तर्फ आइरहेको द्रूत गतिको लरीले उनीहरूको बाइकलाई ठक्कर दियो।

ठक्कर लागेपछि दुवै पति-पत्नी बाइकबाट उछिटिएर सड़कदेखि केही टाड़ा पुगे। स्थानीय मानिसहरूले दुवैलाई गम्भीर अवस्थामा काकद्वीप सुपर स्पेशलिटी अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले शम्भुनाथलाी मृत घोषित गरिदिए भने पत्नीको उपचार भइरहेको छ।

घटनापछि पुलिसले तत्काल कारबाही गर्दै लरीलाई जफत गरेको छ साथै चालकलाई हिरासतमा लिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

स्थानीय मानिसहरूको भनाइ छ, राष्ट्रिय राजमार्ग-117मा द्रूत गतिका भारी वाहनहरूको आवागमन प्रायःजसो नै दुर्घटनाको कारण बनिरहेको छ। उनीहरूले प्रशासनसित सड़कमा गति नियन्त्रणको लागि उपाय गर्ने अनि निगरानी बढ़ाउने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande