(अपडेट) गोर्खा सेवा सेनाका सदस्यद्वय बिक्रमादी राई र सुभाषमणि सिंह सिक्किम पुलिसद्वारा पक्राउ
(अपडेट) गोर्खा सेवा सेनाका सदस्यद्वय बिक्रमादी राई र सुभाषमणि सिंह सिक्किम पुलिसद्वारा पक्राउ


गान्तोक, 07 जून (हि.स.)। सिक्किम पुलिसले गोर्खा सेवा सेनाका सदस्यद्वय बिक्रमादी राई र सुभाषमणि सिंहलाई पक्राउ गरेको छ। बिक्रमादी राईलाई आज दार्जिलिङबाट र सुभाषमणि सिंहलाई कोलबुङबाट पक्राउ गरिएको थाहा लागेको छ।

उल्लेखनीय छ, सिक्किम सरकारको गृह विभागले हिजो, 6 जूनका दिन गोर्खा सेवा सेनाका बिक्रमादी राई, सुभाषमणि सिंह र नोएल शर्मा विरुद्ध गान्तोकको सदर थानामा प्राथमिकी दर्ता गरेको छ। उनीहरूमाथि तथ्यहरूको गलत प्रस्तुतिको आरोप छ, जसले सिक्किमको शान्तिप्रिय समुदायबीच मतभेद र असामंजस्य बढ्ने सम्भावना व्यक्त गरिएको छ। यस अतिरिक्त, गोर्खा सेवा सेनामाथि सिक्किम सरकारको आधिरिक लोगो र सिक्किमको 50औं राज्य स्थापनाको थीम गैर कानूनी रूपमा प्रयोग गरेको आरोप पनि छ।

राज्य गृह विभाग अनुसार, सुभाषमणि सिंहलाई आरटीआई अधिनियम, 2025 अन्तर्गत एक अपीलको सुनवाईको निम्ति पत्र पठाएको थियो। 4 जून, 2025 का दिन गृह सचिवको कार्यालयमा उक्त अपीलमाथि सुनवाई भयो। सुनवाईपछि गोर्खा सेवा सेनाका सदस्यहरूले राजधानीमा पत्रकार सम्मेलन गरेका थिए। उक्त पत्रकार सम्मेलनमा गोर्खा सेवा सेनाका सदस्यहरूले सुनवाई प्रक्रियालाई आफ्नो व्यक्तिगत फाइदाको निम्ति गलत प्रकारले प्रस्तुत गरेको गृह विभागले आरोप लगाएको छ।

उल्लेखनीय छ, गोर्खा सेवा सेनाले सिक्किम दार्जिलिङ एकीकरणको निम्ति आवाज उठाउॅंदै आइरहेको छ। संगठनले नोएल शर्मालाई सिक्किम राज्य संयोजक नियुक्त गरेको छ। नोएल शर्मालाई भने अहिले पक्राउ गरेको सूचना छैन।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande