फरक्का एनटीपीसी थर्मल पावर प्लान्टमा दुर्घटना, ठेका श्रमिकको मृत्यु
फरक्का एनटीपीसी थर्मल पावर प्लान्टमा दुर्घटना, ठेका श्रमिकको मृत्यु


मुर्शिदाबाद, 7 जून (हि.स.)। मुर्शिदाबादको फरक्का एनटीपीसी थर्मल पावर प्लान्टको एक यूनिटमा रखरखाउ कार्य अवधि गए शुक्रवार राती भएको दुर्घटनामा एकजना ठेकादार श्रमिकको मृत्यु भयो। पुलिस सूत्र अनुसार मृत श्रमिकको पहिचान फरक्का थाना अन्तर्गत निशिंद्रा क्षेत्र निवासी सुशान्त मण्डल (34)- को रूपमा भएको छ।

सूत्र अनुसार गए शुक्रवार राती एनटीपीसी थर्मल पावर प्लान्टको ‘अपरेशन एण्ड मेन्टेनेन्स’ विभागका श्रमिक अन्य श्रमिकहरूसित यूनिट नम्बर दुईको कोइला चूर्ण बनाउने मशिन नजिक ‘डक्ट’-मा काम गरिरहेका थिए। सोही समय कसैले अचानक मशिन चलाइदियो। परिणामस्वरूप ‘तातो पानीको गेट’ उसको भुँड़ीमाथि झऱ्यो अनि उ गम्भीर रूपमा घाइते भयो। घाइते अवस्थामै श्मिरकलाई नजिकैको बेनियाग्राम अस्पतालमा लगियो जहाँ ड्यूटीमा तैनाथ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।

शनिवार पुलिसले शवलाई पोस्टमर्टमको लागि जंगीपुर अस्पतालमा पठाइदिएको छ। फरक्का एनटीपीसी थर्मल पावर प्लान्टको आईएनटीटीयूसी ठेका मजदूर संघका अध्यक्ष सोमेन पाण्डेले बताए, सुशान्त मण्डल नामक श्रमिकले पछिल्लो केही वर्षदेखिको एक निजी कम्पनी अन्तर्गत पावर प्लान्टमा काम गर्दै आइरहेको थियो। गए शुक्रवार राती उसले अन्य श्रमिकहरूसित कोइला चूर्णीकरण मशिन नजिक डक्टमा पसेर मरम्मतको काम गरिरहेको थियो।

उनले अझ बताएयस्तो काम शुरू गर्नअघि एऩटीपीसी अधिकारीहरूले अर्को यूनिटबाट लिखित रूपमा अनुमति लिनुपर्छ। त्यसपछि यूनिटलाई बन्द गरेर काम गर्न सकिन्छ। 'अपरेशन एण्ड मेन्टेनेन्स' विभागका कर्मचारीहरूको काम सिद्धिनै लागेको थियो अचानक कसैको अनुमति बिनै यूनिटलाई शुरूर गरियो परिणामस्वरूप एकैसाथ धेरैवटा मशिनहरूले काम गर्न शुरू गरे अनि सुशान्तको शरीरमा 'हट वाटर गेट' झऱ्यो।

मजदुर यूनियनका नेताले दाबी गरे, यो दुर्घटना एनटीपीसीका केही अधिकारीहरूको लापरवाहीको कारणले भएको हो। घरमा मृत श्रमिकका दुईजना नाबालिक छोरीहरू बाहेक पत्नी र अन्य दुईजना सदस्यहरू छन्। हामीले एऩटीपीसी अधिकारीहरू समक्ष मृतकको पत्नीलाई नोकरी दिनुपर्ने माग गरेका छौं। साथै परिवारलाई सरकारी नियम अनुसार आर्थिक क्षतिपूर्ति दिइनेछ। तर फरक्का एनटीपीसी अधिकारीहरूले अहिलेसम्म यस सम्बन्धमा कुनै बयान जारी गरेको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande