हुगली, 7 जून (हि.स.)। गंगा नदीमा मानिसहरूलाई डुब्नदेखि बचाउने सुरिन्दर साहनी (50) शनिवार स्वयं नदीमा डुबे। प्राप्त जानकारी अनुसार हुगली जिल्लाको चुँचुड़ास्थित बड़ा बजार निवासी सुरिन्दर साहनी (50) सदैव मैदानमा दौड़िन्थे। त्यसपछि पुरानो लांच घाटमा पौड़िनको साथै नुहाउँथे। अन्य दिन सरह शनिवार पनि मैदानमा दौड़िएपछि सुरिन्दर पौड़िन र स्नान गर्नका लागि गंगा नदीमा पसे, तर तिनी अचानक डुबे।
खबर पाउनसाथ चुँचुड़ाका विधायक असित मजुमदार र चुँचुड़ा निवासी तथा सप्तग्राम विधायक तपन दासगुप्ता गंगा घाटमा पुगे। चुँचुड़ा थानाको पुलिस पनि घटनास्थलमा पुग्यो। आपदा प्रबन्धन बललाई पनि बचाउ कार्यको निम्ति घटनास्थलमा बोलाइयो।
तपन दासगुप्ताले बताए, सुरिन्दरले पहिला पनि धेरैजना मानिसहरूलाई गंगामा डुब्नदेखि बचाएका थिए। यस दिन नुहाउँदा-नुहाउँदै उनको स्वास्थ्य बिग्रिएको कारणले उनी पानीमा डुबे। असित मजुमदारले भने,'जसले पानीमा डुब्नदेखि सबैलाई बचाउँथे उ स्वयं पानीमा डुब्नु भनेकोक नियतिभन्दा अन्य केही होइन।'
सुरिन्दरका भाइ बीरेन्द्र साहनीले बताए, दाज्यु पौड़िनमा पारंगत थिए। उनी दिनहुँ गंगामा नुहाउँथे। आज पनि उनी नुहाउन गएका थिए, तर डुबे। चुँचुड़ा वार्ड नम्बर- 21 की पार्षद मिता च्यटर्जीले बताइन्, सुरिन्दरकी छोरीको विवाह आगामी नोभेम्बर महिनामा छ। उनले हिजो मात्र लज बुक गरेका थिए। घटनापछि क्षेत्रमा शोक व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा