हल्दीबाड़ी सब्जी मण्डीमा भयानक आगलागी, केही पसलहरू जलेर खरानी
हल्दीबाड़ी सब्जी मण्डीमा भयानक आगलागी, केही पसलहरू जलेर खरानी


कुचबिहार, 7 जून (हि.स)। हल्दीबाड़ी स्टेशन संलग्न सब्जी मण्डीमा भीषण आगलागी भयो। गए शुक्रवार अबेर राती भएको यस घटनाको कारणले क्षेत्रका मानिसहरू भयभित भए। तीनवटा घटनास्थलमा पुगेका तीनवटा दमकल वाहनले कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरे।

प्रत्यक्षदर्शीहरूले बिहान लगभग अढ़ाई बजे टाड़ाबाट आगोलाई देखे। पीड़ितहरूको पुकार सुनेर वरिपरीका अन्य मानिसहरू पनि त्यहाँ भेला भए।शुरूमा स्थानीय मानिसहरूले आगोलाई निभाउने प्रयास गरे। खबर पाउनसाथ हल्दीबाड़ी दमकलका दुईवटा वाहनहरू घटनास्थलमा पुगे। पछि मेखलीगञ्जबाट एउटा दमकल वाहन त्यहाँ पुग्यो अनि लामो संघर्षपछि आगोलाई नियन्त्रण गऱ्यो। तर त्यसबेलासम्ममा दर्जनौं पसलहरू जलेर खरानी भइसकेको थियो।

आगलागीको कारण पत्तो लागेको छैन। घटनामा कुनै प्रकारको जनहानि भएको छैन। हल्दीबाड़ी थानाका आईसी कश्यप रायले बताए, आगलागीको कारण अनि नोक्सानको पत्तो लगाउन जाँच गरिँदछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande