गुवाहाटीको रूपनगरमा भीषण पैह्रो, एकजना बेपत्ता
गुवाहाटीको रूपनगरमा भीषण पैह्रो, एकजना बेपत्ता


गुवाहाटी, 7 जून (हि.स.)। गुवाहाटी महानगरको रूपनगर क्षेत्रमा शनिवार भोर बिहान भयानक पैह्रो गयो। पहाड़बाट विशालकाय चट्टान र ढुङ्गा-माटो झरेको कारणले दुईवटा घर पूर्ण रूपले क्षतिग्रस्त भयो।

स्थानीय सूत्र अनुसार यस दुर्घटनामा मनेश्वर राजवंशी नामक व्यक्ति बेपत्ता भएका छन् जसको बारेमा अहिलेसम्म कुनै पत्तो लागेको छैन। घटनास्थलमा एसडीआरएफ, असम पुलिस औ अग्निशमन विभागका टीमहरूले लगातार राहत अनि बचाउ कार्य गरिरहेका छन्। आपतकालीन सेवाका अधिकारीहरू पनि घटनास्थलमा उपस्थित छन्। बेपत्ता व्यक्तिको खोजी जारी छ।

प्रशासनले स्थानीय मानिसहरूलाई पहाड़ी क्षेत्रदेखि टाड़ा बस्ने अपील गरेको छ साथै क्षेत्रमा हाई अलर्ट घोषणा गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande