ईद-उल-अजहाको अवसरमा मुख्यमन्त्री ममता ब्यनर्जीले बधाई दिइन्, अभिषेक ब्यनर्जीले एकता अनि मानवताको सन्देश दिए
ईद-उल-अजहाको अवसरमा मुख्यमन्त्री ममता ब्यनर्जीले बधाई दिइन्, अभिषेक ब्यनर्जीले एकता अनि मानवताको सन्देश दिए


कोलाकाता, 7 जून (हि.स.)। ईद-उल-अजहाको पावन अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले राज्यवासीहरूलाई शुभकामना दिएकी छन्।उनले आफ्नो सन्देशमा प्रदेश अनि देशवासीहरूको लागि हृदयबाटै शुभकामना दिँदै भाइचारा तथा शान्तिको भावनालाई अगाड़ि बढ़ाउने आह्वान गरे।

मुख्यमन्त्री ममता ब्यनर्जीले भनिन्, यो पर्व बलिदान, श्रद्धा औ मानवताको मिसाल हो। उनले प्रदेशवासीहरूसित एकजुट भएर तिहार मनाउने अपील गरिन्।

यसरी नै सत्तारूढ़ तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले पनि ईद-उल-अजहाको हार्दिक शुभकामना दिए। उनले आफ्नो सन्देशमा भने, यो तिहारले हामीलाई आस्था, बलिदान एवं करुणाका मूल्यहरूको स्मरण गराउँछ। यसले हामीलाई एकता, विनम्रता औ मानवताको सेवाका सिद्धान्तहरूलाई अप्नाउनको लागि प्रेरित गर्दछ।

अभिषेक ब्यनर्जीले अझ भने, साँचो भक्ति एका-अर्काको परवाह गर्न तथा न्यायपूर्ण एवं समावेशी समाजको निर्माणको लागि मिलेर काम गर्नुमाछ। उनले सबैको शान्ति, समृद्धि एवं सौहार्दको कामना गरे।

प्रदेशमा मुस्लिम समुदायले शनिवार पूर्ण श्रद्धा एवं भक्तिको साथमा ईद-उल-अजहा मनायो। मस्जिदहरूमा विशेष नमाज पढ़ेर सामाजिक सौहार्दको सन्देश दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande