स्कूलबाट घर फर्किएको बालक बेपत्ता, राति पोखरीमा भेटियो शव
स्कूलबाट घर फर्किएको बालक बेपत्ता, राति पोखरीमा भेटियो शव


कोलकाता, 7 जून (हि.स.)। पश्चिम बंगालको सुन्दरबन क्षेत्रस्थित झाड़खालीमा एकजना 6 वर्षीय बालकको रहस्यमय परिस्थितिमा मृत्यु भयो। गए शुक्रवार साँझदेखि बेपत्ता भएको एलकेजीको छात्र अनिर्बाण रायको शव गाउँकै एउटा पोखरीमा गए अबेर राती भेटियो। यस घटनाको कारणले सम्पूर्ण क्षेत्रमा शोक छाएको छ। खुल्ला जलाशयहरूको सुरक्षालाई लिएर गम्भीर प्रश्न उठिरहेको छ।

झाड़खाली कोस्टल थाना क्षेत्रको तीन नम्बर झाड़खालीस्थित विवेकानन्द पल्ली निवासी मृत बालकअनिर्बाण राय स्थानीय रेनुका नर्सरी स्कूलमा एलकेजी कक्षाका छात्र थिए। गए शुक्रवार अपरान्ह स्कूलदेखि घर तर्फ आइरहेका थिए। स्थानीय मानिसहरूले अन्तिम पटक उसलाई मैदान तर्फ गइरहेको देखेका थिए।

परिवार अनुसार अनिर्बाण अबेर साँझसम्म घरमा नआएपछि खोज-तलास शुरू गरियो। पहिला छर-छिमेकमा खोजियो। कतै पत्तो नलागेपछि परिवारले झाड़खाली कोस्टल थानामा हराएको रिपोर्ट दर्ता गरायो। सिकायतको आधारमा पुलिसको एक टीमले क्षेत्रमा खोज-तलास शुरू गऱ्यो। अबेर राती गाउँकै एउटा पोखरीमा अनिर्बाणको शव तैरिरहेको पाइयो। पुलिसले शवलाई कब्जामा लिएर शनिवार पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

प्राथमिक जाँचमा पुलिसले आशंका व्यक्त गरेको छ, बालक सम्भवत खेल्दा-खेल्दै पोखरीको किनारमा पुगेको थियो अनि चिप्लेर पानीमा डुब्यो। तथापि पुलिसले यो पनि स्पष्ट पारेको छ, यस घटनामा कुनै प्रकारको षड़यन्त्र वा सन्देहजनक पक्ष छ कि छैन त्यसको पनि जाँच गरिँदैछ।

अनिर्बाणको मृत्युले उसको परिवार गहिरो शोकमा डुबेको छ। गाउँका मानिसहरू पनि यस घटनाबाट अत्यन्त दुःखी भएका छन्। मानिसहरूले खुल्ला पोखरीलाई लिएर प्रश्न उठाइरहेका छन् साथै माग गरिरहेका छन्, यस्ता स्थानहरूको चारैतिर घेराबन्दी गरियोस् ताकि भविष्यमा यसप्रकारको घटना नदोहोरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande