गान्तोक, 07 जून (हि.स.)। उत्तर सिक्किममा प्राकृतिक आपदापछि जारी राहत एवं उद्धार प्रयास अन्तर्गत शनिवार बिहान दुईवटा एमआई-17 हेलीकप्टर पाकिम ग्रीनफिल्ड हवाईअड्डाबाट छातेनको निम्ति आवश्यक सामानहरू लिएर प्रस्थान भयो। हेलीकप्टरहरूले खाद्य एवं नागरिक आपूर्ति विभागका पॉंच जना अधिकारीसहित सेना र नागरिकहरूका लागि 1300 केजी राहत सामग्रीहरू लिएर गएको छ।
यसबाहेक, सोही विमानले छातेनबाट पाकिम ग्रीनफिल्ड हवाईअड्डा फर्किने क्रममा सेनाका कर्मचारीहरूलाई लिएर आउने जिल्ला सूचना अधिकारीले जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल