सिलगढ़ी, 7 जून (हि.स)। सिलगढ़ी महकुमाको फाँसीदेवामा एकजना व्यक्तिको कुटेरै हत्या गरिेएको मामिलामा पुलिसले एकजना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान उत्तर दिनाजपुरका सुभाष सिंहको रूपमा भएको छ।
उल्लेखनीय छ, फाँसीदेवाको विधाननगर दुई नम्बर ग्राम पञ्चायत अधिनस्थ कामदगछमा पण्डालको बाँस चोरी गरेको आरोपमा मंगल टुडूसाई मरूञ्जे कुटिएको थियो। पछि मंगलको मृत्यु भयो। घटनापछि पीड़ित परिवारको तर्फबाट गए शुक्रवार विधाननगर चौकीमा सुभाष सहित तीनजनाविरूद्ध लिखित सिकायत दर्ता गरिएको थियो।
दर्ता सिकायतको आधारमा पुलिसले आरोपी पण्डाल व्यवसायी सुभाष सिंहलाई गए शुक्रवार राति नै पक्राउ गऱ्यो भने भगौड़ा आरोपीहरूलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा