जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन कार्यक्रम जारी
जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन कार्यक्रम जारी


गान्तोक, 07 जून (हि.स.)। जुम सालघारी निर्वाचन क्षेत्रमा चलिरहेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको वार्ड स्तरीय समिति गठन कार्यक्रम अन्तर्गत आज दोस्रो दिन अप्पर सेगाङ, मिडल सेगाङ र लोवर सेगाङ वार्डमा समिति गठन गरिएको छ। कार्यक्रममा क्षेत्र विधायक तथा सल्लाहकार मदन सिन्चुरी, सिक्किम राज्य ब्याङ्कका सल्लाहकार बिरेनचन्द्र राई, सीएलसी अध्यक्ष राजेश राई, जोरथाङ नगरपञ्चायत अध्यक्ष पवित्र मानव, वार्डका पार्टी कार्यकर्ता लगायत स्थानीय जनता उपस्थित थिए।कार्यक्रमले वार्ड स्तरमा सक्रिय कार्यकर्ताहरूको समन्वयलाई जोड दिँदै नयाँ समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande