नदीको कटाउले ग्रामीणहरू भयभित
नदीको कटाउले ग्रामीणहरू भयभित


कुचबिहार, 9 जून (हि.स.)। केही दिनदेखि लगातार परिरहेको पानीले गर्दा कुचबिहार जिल्लाको तूफानगञ्ज-2 ब्लक अन्तर्गत फोलीमारी ग्राम पञ्चायतको पूर्व-फोलीमारी क्षेत्रस्थित संकोश नदीले भूमिलाई काट्दै लगिरहेको छ। नदीको कटाउले गर्दा ग्रामीणहरू भयभित भएका छन्।

स्थानीय मानिसहरूको सिकायत छ, संकोश नदीले लामो समयदेखिकै भूमिलाई काट्दै लगिरहेको छ। यस्घि पनि कैयौं बिघा खेतीको जमीन अनि बस्तीहरू नदीमा समाहित भइसकेका छन्। कटाउको कारणले सयौंं कृषक परिवार संकटमा परेका छन्। विगत केही दिनदेखिको नदी जसरी बस्ती तर्फ अगाड़ि बढ़िरहेको छ, त्यसले रहेका अन्य बस्तीहरूलाई पनि आफूभित्रै समाहित गर्नेछ। बीडीओ एवं सिचाई विभागसित कैयौं पटक गुहार मागिसकिएको छ, तर अहिलेसम्म कुनै समाधान हुन सकेको छैन।

स्थानीय अली हुसैन तालुकदारले भने, यस क्षेत्रमा हजारौं परिवार बसोबास गर्दछन्। केही दिनदेखिको लगातार भइरहेको वर्षाको कारणले संकोश नदीको बाँध लगभग डेढ़ किलोमीटरसम्म भत्किसकेको छ। अधिकारीहरू धेरैपटक आए, तर अहिलेसम्म कुनै काम भएको छैन।

यसरी नै राहुल हकले भने, चुनाउपूर्व सबैजना आएर बाँध बनाइदिने वाचा गरे। भोट सकिएपछि फर्केर पनि हेरेका छैनन्। नदीको कटाउ वर्षैभरि जारी रहन्छ। बर्खामा झन् यसले विकराल रूप लिन्छ। जसरी नदी बस्ती तर्फ आइरहेको छ कालान्तरमा हामी सामु अस्तित्वको संकेट उत्पन्न हुनेछ।

फोलीमारी ग्राम पञचायतकी प्रधान अनिता रायले भने, हामीले बीडीओ र सिचाई विभागलाई यस बारेमा सूचित गरेका छौं। आशा छ, समस्याको चाँड़ै समाधान हुनेछ। यस सम्बन्धमा तूफानगञ्ज महकुमा सिचाई विभागका अधिकारी सौरभ सेनले भने, हामीले रिपोर्ट बनाएर उच्चाधिकारीकहाँ पठाएका छौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande