भूपेन हजारिकाको स्मृतिमा आरबीआईले मुद्रा जारी गर्ने
भूपेन हजारिकाको स्मृतिमा आरबीआईले मुद्रा जारी गर्ने


गुवाहाटी, 09 जून (हि.स.)। भूपेन हजारिकाको जन्मशताब्दीको अवसरमा राज्य सरकारले अनेकौं सांस्कृतिक र शैक्षणिक पहलहरू गरिरहेको छ। सोमवार असम विधानसभाका एक दिवसीय विशेष सत्रमा मुख्यमन्त्री हिमन्त बिस्व सरमाले भने, भारतीय रिजर्भ ब्याङ्कले भूपेन हजारिकाको स्मृतिमा एक विशेष मुद्रा जारी गर्नेछ।

यसका साथै उनको जीवनमाथि आधारित एक पुस्तकको प्रकाशन पनि गरिएको छ। यसलाई वरिष्ठ पत्रकार एवं लेखिका अनुराधा शर्मा पुजारीले लेखेकी हुन्। यो पुस्तकको भारतका 23 भाषामा अनुवादित गरिनेछ र देशभरिका पुस्तकालयहरूमा उपलब्ध गराइनेछ। यस बाहेक असमको हरेक घरसम्म 10-12 लाख पुस्तकको आपूर्तिको लक्ष्य राखिएको छ ताकि नयाँ पीढ़ीले भूपेन हजारिकाको जीवन र कृतित्वलाई जान्न सकोस्। बनारस हिन्दू विश्वविद्यालयमा उनको लोक संगीतमाथि शोधको निम्ति पनि विशेष प्रयास गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande