सोनादा, 09 जून (हि.स.)। खरसाङका पत्रकार एवं प्रेस क्लब अफ् खरसाङको उप सभापति राजेन तामाङ भातृ शोकमा परेका छन्। उनको दाजु सुकवीर तामाङको निधन आइतवार बिहान 6 बजीतिर 72 वर्षको उमेरमा भएको छ। उनले आफुपछि दुईजना भाईहरु, एकजना बहिनी र परिवारका अन्य सदस्यहरु छोडिगएका छन्।
सुकवीर तामाङलाई बिमारी भएर उपचारको लागि गत 4 जूनको दिन उत्तर बंगाल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको आइतवार बिहान निधन भएको जानकारी प्राप्त भएको छ। उनको पार्थिव शरीरलाई सोमवार खरसाङको गिद्ध पहाड अन्तर्गत चौकी डाँडास्थित घरबाट अन्तिम संस्कार गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक