राज्यपालले वर्तमान सरकारलाई सफलतापूर्वक एक वर्ष र दोस्रो कार्यकालको पूर्णतामा बधाई दिए
om prakash mathur


गान्तोक, 09 जून (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्यको वर्तमान सरकारलाई सफलतापूर्वक एक वर्ष र दोस्रो कार्यकालको पूर्णतामा बधाई दिएका छन्। उनले यो उपलब्धिले जनविश्वास, दूरदर्शिता र समावेशी नेतृत्वलाई दर्साउॅंछ भनी बताएका छन्।

राजभवनद्वारा आज जारी एक विज्ञप्तिमा राज्यपालले भने, सरकारले सुनौलो, समृद्ध र समर्थ सिक्किमको निर्माण हेतु धेरै उल्लेखनीय कार्य गरेका छन्, जुन राज्यको सतत विकास, सांस्कृतिक समृद्धि र नागरिक कल्याण सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम हो। यो वर्ष सिक्किम राज्य स्थापनाको 50 गौरवशाली वर्ष पूरा भएको छ, जुन राज्यको सांस्कृतिक विरासत, एकता र सिक्किमका मानिसहरूको प्रतिबद्धताको प्रतीक हो।

यस अवसरमा राज्यपालले केन्द्र सरकार, विशेष रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको निरन्तर सहयोग र मार्गदर्शनको निम्ति धन्यवाद दिएका छन्। राज्य सरकारले आगामी वर्षहरूमा पनि सोही उर्जा र समर्पणको साथमा राज्यलाई अझ नयॉं उचाईसम्म लिएर जानेछ भनी राज्यपालले आशा व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande