गौमांसकाण्डः धुबड़ीको हनुमान मन्दिर छेउमा बेदखली अभियान शुरू
गौमांसकाण्डः धुबड़ीको हनुमान मन्दिर छेउमा बेदखली अभियान शुरू


धुबड़ी (असम), 9 जून (हि.स.)। धुबड़ीको 3 नम्बर वार्डस्थित हनुमान मन्दिर परिसरमा गए आइतवार संदिग्ध गाईको मासु (गाईको टाउको र छाला) भेटिएपछि क्षेत्रको स्थिति तनाउपूर्ण भएको छ। यस सन्दर्भमा धुबड़ी जिल्ला प्रशासनले सोमवार बतायो, हनुमान मन्दिर नजिकै अवस्थित केही होटल तथा पसलहरूलाई बुलडोजर चलाएर खाली गराइएको छ।

स्थानीय मानिसहरूले आरोप लगाएका थिए, मन्दिर नजिकै रहेको एउटा भोजनालयमा प्रतिबन्धित गाईको मासु पस्किँदैथ्यो। यस आरोपलाई गम्भीर रूपमा लिएर प्रशासनले उक्त क्षेत्रका अन्य पसल र होटलहरूमाथि कारबाही गर्दै सबैलाई ध्वस्त बनाइदियो।

बुलडोजर चलाएर मुख्य सड़क अनि फुटपाछमा रहेका अस्थायी पसल र भोजनालयहरूलाई हटाइयो। स्थितिलाई नियन्त्रण गर्नको लागि जिल्ला पुलिस प्रशासनले घटनास्थलमा पुलिस बललाई तैनाथ गरिदिएको छ। उल्लेखनीय छ, गए आइतवार बिहान हनुमान मन्दिर परिसरमा संदिग्ध रूपमा गाईको टाउको र छाला भेटिएको सूचनाले शहरमा व्यापक तनाउ फैलाएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande