मुख्यमन्त्रीले सिलमपुर दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरिन्
मुख्यमन्त्रीले सिलमपुर दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरिन्


-विशेष प्रकारको क्षेत्रमा भवन ढलेकोमा मन्त्री कपिल मिश्राले पछिल्लो सरकारको भ्रष्टाचारमाथि उठाए प्रश्न

नयाँ दिल्ली, 12 जुलाई (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले शनिवार सिलमपुरमा भवन ढलेर दुईजना मानिसहरूको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन्। उनले एक्सको पोस्टमा बताइन्, क्याबिनेट मन्त्री कपिल मिश्राले वरिष्ठ अधिकारीहरूसित घटनास्थलको दौड़ाह गरिरहेका छन् साथै स्थितिमाथि कड़ा नजर राखेका छन्।

मुख्यमन्त्रीले भनिन्, जिल्ला म्याजिस्ट्रेटलाई घटनामाथि रिपोर्ट दिन भनिएको छ। दिल्ली पुलिस, दिल्ली अग्निशमन सेवा, राष्ट्रिय आपदा प्रतिक्रिया बल अनि दिल्ली आपदा प्रबन्धन प्राधिकरणद्वारा बचाउ अभियान संचालन गरिँदैछ। उनले मृतकहरूका परिवारहरूप्रति संवेदना व्यक्त गर्दै बताइन्, दुर्घटनामा घाइते भएका मानिसहरूको उपचार अस्पतालमा भइरहेको छ।

मन्त्री कपिल मिश्राले घटनास्थलको भ्रमण गर्दै भने, साँघुरो गल्ली भएको कारणले राहत कार्यमा समस्या भइरहेको छ। हातले ढुङ्गा-माटो सफा गर्न बाहेक अन्य कुनै उपाय छैन। उनले भने, एक विशेष क्षेत्रमा भवन ढलेको छ।, पहिला मुस्तफाबाद र अब सिलमपुरमा। पछिल्लो दश वर्षमा भोट ब्यांकको कारणले भयानक भ्रष्टाचारको खेल खेलियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande