खरसाङ, 12 जुलाई (हि.स.)। खरसाङको पुरानो प्राथमिक पाठशाला डेविस प्राथमिक पाठशालामा शतवार्षिकी समारोह अन्तर्गत 211औं भानु जयन्ती समारोह सम्पन्न भएको छ। उक्त भानु जयन्ती समारोह डेविस प्राथमिक पाठशाला शतवार्षिकी समारोह समितिको तत्वावधानमा सम्पन्न गरियो।
आदिकवि भानुभक्त आचार्यको 211औं जन्म जयन्तीको यस कार्यक्रममा सभाध्यक्षको रुपमा गोर्खा जनपुस्तकालय खरसाङका सभापति रबीनकुमार प्रधान अनि मुख्य अतिथिको रुपमा भिक्टोरिया बोइस स्कूलका नेपाली विषयका शिक्षक देवप्रकाश शंकर उपस्थित रहेका थिए। सन् 1925 मा स्थापना भएको खरसाङको पुरानो प्राथमिक पाठशाला डेविस प्राथमिक पाठशालाले यस वर्ष एक सय वर्ष पूरा गरेको छ।
यस अवसरमा गत 8 जून, 2025 देखि शतवार्षिकी समारोह वर्षव्यापी रुपमा आयोजना गर्दै आएको छ भने यसै शतवार्षिकी समारोह अन्तर्गत शुक्रवार 211औं भानु जयन्ती समारोह सम्पन्न गरियो। कार्यक्रममा कविता वाचन, नृत्य, गीत र रामायण पाठ सम्पन्न गरियो। कार्यक्रममा भिक्टोरिया ग्रामद्वारा समूह गीत अनि आकाशवाणी खरसाङको वाणीश्री कल्याण समितिद्वारा रामायण पाठ प्रस्तुत गरियो।
यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै डेविस प्राथमिक पाठशालाका प्रधान शिक्षक सन्तोषसिंह लकान्द्रीले सन् 1925 मा स्थापना भएको डेविस प्राथमिक पाठशालाले यस वर्ष एक सय वर्ष पूरा गरेकोमा शतवार्षिकी समारोह अन्तर्गत वर्षभरि नै विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बताए। उनले यसै शतवार्षिकी समारोह अन्तर्गत भानु जयन्ती समारोह सम्पन्न गरिएको बताए।
हिन्दुस्थान समाचार / हनोक