एडवर्ड्स फाउण्डेशनद्वारा श्रद्धा यात्राको शुभारम्भ
एडवर्ड्स फाउण्डेशनद्वारा श्रद्धा यात्राको शुभारम्भ


- पहिलो चरणमा बन्द चुङथुङका मानिसहरुलाई माँ पाथीभरा मन्दिर पठाइयो

दार्जिलिङ, 12 जुलाई (हि.स.)। एडवर्ड्स फाउण्डेशनद्वारा आयोजित श्रद्धा यात्राको अजय एडवर्ड्स अनि उनकी पत्नी प्रिया एडवर्ड्सद्वारा शुभारम्भ गरिएको छ। पहिलो चरणमा बन्द रहेको चुङथुङ चिया बगानका वासिन्दाहरुलाई नेपालको इलामस्थित माँ पाथीभरा मन्दिर दर्शनको निम्ति प्रस्थान गराइयो।

अजय एडवर्ड्सले गत श्रमिक दिवसको दिन गरेको घोषणा अनुसार उक्त श्रद्धा यात्रा शुरु गरिएको छ। अब हरेक हप्ता बन्द चियाबारीका‌ मानिसहरुलाई लिएर तीर्थ यात्रा गराइने भएको छ। यसै क्रममा पहिलो तीर्थ यात्रा बन्द चियाबारी चुङथुङका मानिसहरुलाई लिएर पाथीभरा देवीको दर्शनको लागि प्रस्थान गराइएको छ।

यस पहिलो तीर्थ यात्रा एवं श्रद्धा यात्रा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै अजय एडवर्डसले आफूले घोषणा गरे अनुसार आजदेखि बन्द चियाबारीका‌ मानिसहरुलाई लिएर तीर्थ यात्रा गराउन श्रद्धा यात्रा शुरु गरिएको बताए। उनले पहिलो यात्रा बन्द चुङथुङ चियाबारीका‌ मानिसहरुलाई लिएर माँ पाथिभरा देवीको दर्शनको लागि पठाएको बताए। उनले अब प्रत्येक हप्ता दुई तीन समूह तीर्थयात्राको लागि पठाइने बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande