दक्षिण सालमारा (असम), 12 जुलाई (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको निर्देशमा असम सरकारका विभिन्न विभागीय मन्त्रीहरूले क्रमगत रूपमा दक्षिण सालमारा मानकाचर जिल्लाको भ्रमण गरिरहेका छन्। यसै क्रममा शनिवार राज्यकी खेल, युवा कल्याण, अल्पसंख्यक कल्याण एवं विकास तथा राष्ट्रिय राजमार्ग विभागकी मन्त्री नन्दिता गार्लोसा हाटशिंगीमारी आइपुगिन्।
मन्त्री गार्लोसाले हाटशिंगीमारीस्थित जिल्ला आयुक्त कार्यालयको सभागारमा जिल्ला आयुक्त राहुल कुमार गुप्ताको उपस्थितिमा विभिन्न विभागका वरिष्ठ अधिकारीहरूसित एक समीक्षा बैठक गरिन्। बैठकमा जिल्लाको विकास योजना, समस्या अनि विभागीय कार्यहरूलाई लिएर विस्तृत चर्चा गरियो।
यसै जिल्ला विकास मञ्चको पक्षबाट अध्यक्ष इम्दादुल इस्लाम मण्डल र सह-सचिव हसिनुर इस्लामले मन्त्रीलाई एक स्मरण पत्र सुम्पिए। उक्त पत्रमा फूलबाड़ी पुलदेखि पाताकाटा हुँदै मानकाचरको अन्तर्राष्ट्रिय बजारसम्म राष्ट्रि राजमार्ग निर्माणको माग गरिएकोछ। साथै शिशुमारदेखि जलेश्वर हुँदै लक्षीपुरसम्म बाँध अनि सम्पर्क सड़क निर्माणको माग पनि गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा