आईआईएम दुष्कर्म मामिलाः क्याम्पसको सुरक्षा व्यवस्थामाथि उठ्यो प्रश्न, जाँचमा जुट्यो पुलिस
आईआईएम दुष्कर्म मामिलाः क्याम्पसको सुरक्षा व्यवस्थामाथि उठ्यो प्रश्न, जाँचमा जुट्यो पुलिस


कोलकाता, 12 जुलाई (हि.स.)। भारतीय प्रबन्धन संस्थान (आईआईएम)-ले कलकत्ताको छात्रावासमा एकजना महिलासित भएको दुष्कर्मको कथित घटनापछि संस्थानको सुरक्षा व्यवस्थालाई लिएर केही गम्भीर प्रश्नहरु उठाएको छ। यो घटना गत शुक्रवार राती क्याम्पसको ब्वोइज होस्टेलमा भएको थियो।

पुलिस सूत्र अनुसार आरोपी छात्र आईआईएम-सीको पीजीडीएम कोर्सको द्वितीय वर्षको विद्यार्थी हो भने उसको घर बेंगलुरूमा छ। पीड़िता उसको सम्पर्कमा सोशल मीडियाको माध्यमबाट आएकी थिई। शुरूमा यस्तो खबर आएको थियो, महिला आईआईएमकी छात्रा हो, तर पुलिसले उसको उक्त संस्थानसित सम्बन्ध नरहेको स्पष्ट पारेको छ।

घटनालाई लिएर सबैभन्दा ठूलो प्रश्न यो उठेको छ, बाहिरको मानिसलाई आधा रातीमा क्याम्पसमा कसरी प्रवेश गर्न दिइयो र सुरक्षाकर्मीहरूले उसको नाम भिजिटर्स रजिस्टरमा किन दर्ता गराएनन्। सूत्र अनुसार पीड़िता लगबुकमा एन्ट्री गर्न चाहन्थी, तर आरोपीले उसलाई यस्तो गर्न दिएन।

भनिन्छ, यो घटना त्यस होस्टेलमा भएको हो जहाँ महिलाहरूको प्रवेशमाथि रोक छ। त्यसैले यो पनि जाँचको विषय भएको छ, आरोपीलाई कतिसम्म छुट प्राप्त थियो र के उसले आफ्नो प्रभावको प्रयोग गरेर सुरक्षा प्रोटोकललाई किनाराकृत गऱ्यो?

हरिदेवपुर थानामा सिकायत दर्ता भएपछि पुलिसले जाँचलाई तीव्रता दिएको छ। आईआईएम-सी प्रशासनका सुरक्षा कर्मचारीहरूसित जाँचबुझ गरिँदैछ साथै क्याम्पसको सीसीटीभी क्यामराको फुटेज पनि जाँच गरिँदैछ। आरोपीको पहिलान हाल आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन। पुलिसको भनाइ छ, कोर्टमा पेशीपछि विवरण साझा गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande