टोपी ग्यांगका दुई चतुर चोर पक्राउ
टोपी ग्यांगका दुई चतुर चोर पक्राउ


नयाँ दिल्ली, 12 जुलाई (हि.स.)। दक्षिण-पश्चिम जिल्ला पुलिसको अपरेशन सेलले टोपी ग्यांगका दुई चतुर चोर क्रमैले नितिन कुमार र हिमांशु कुमारलाई पक्राउ गरेको छ। दुवै आरोपी राजपुर कानपुर (उप्र)-का हुन्। पुलिसले आरोपीहरूको कब्जाबाट चोरीका दुईवटा मोबाइल फोन, दुई हजार रुपियाँ नगद र अपराध गर्दा लगाएको टोवी जफ्त गरेको छ।

दक्षिण-पश्चिम जिल्लाका डीसीपी अमित गाेयलले बताए, गत 4 जुलाईमा साउथ क्याम्पसस्थित कान्ता जनरल स्टोरबाट मोबाइल चोरीको सिकायतमा ई-एफआईआर दर्ता गरिएको थियो। स्थानीय पुलिस अतिरिक्त जिल्लाको अपरेशन सेललाई जाँच कार्यमा खटाइयो। इन्स्पेक्टर राम कुमारको निगरानीमा टीम गठन गरियो। पुलिस टीमले 120भन्दा अधिक सीसीटीभी क्यामराहरूको फुटेजको जाँच, तकनिकी साक्ष्य एव लोकल इन्टिलिजेन्सको सहयोगमा आरोपीहरूलाई चिन्हित गऱ्यो।

दुवै आरोपीहरूलाई पक्राउ गरियो। जाँचबुझमा आरोपीहरूले बताए, अपराध गर्दा कालो टोपी लगाउँथे ताकि उनीहरूलाई कसैले चिन्न नसकोस्। जाँचमा थाहा लागेको छ, एकजनाले पसलेलाई बातचितमा भुल्याउँथ्यो अनि अर्कोले सामान चोरी गर्थ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande