राज्यभरि नै एप-बाइक यात्रीहरूको लागि ब्यागको वजन र आकारमाथि प्रतिबन्ध, पहेंलो रंगको नम्बर प्लेट पनि अनिवार्य
राज्यभरि नै एप-बाइक यात्रीहरूको लागि ब्यागको वजन र आकारमाथि प्रतिबन्ध, पहेंलो रंगको नम्बर प्लेट पनि अनिवार्य


कोलकाता, 12 जुलाई (हि.स.)। यात्री एवं चालकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि पश्चिम बंगाल परिहन विभागले एप-बाइकमा यात्रा गर्ने यात्रीहरूको लागि अब सामानको वजन र आकारको सीमा तय गरेको छ। यसको साथै राज्यभरि नै सबै एप-बाइकहरूको लागि पहेंलो रंगको नम्बर प्लेट अनिवार्य गरिएको छ।

परिवहन विभागद्वारा शुक्रवार जारी अधिसूचना अनुसार अब कुनै पनि यात्रीले एप-बाइकमा यात्रा गर्दा दश किलोग्रामभन्दा अधिक वजन भएको ब्याग लैजान सक्नेछैन। साथै ब्यागको चौड़ा 36 सेन्टीमीटरभन्दा अधिक हुनु हुँदैन।

विभागले स्पष्ट पारेको छ, यो नियम कोलकातासम्म मात्र सीमित रहनेछैन जबकि राज्यभरिका सबै जिल्लाहरूमा लागू हुनेछ। नियमहरूको उल्लंघन गरे जरीमाना सहित कड़ा कारबाही हुने चेताउनी दिइएको छ।

परिवहन विभागका एकजना अधिकारीले बताए, केही यात्रीहरूले भारी वजन भएको तथा ठूलो आकारको ब्याग लिएर एप-बाइकमा यात्रा गरिरहेको देखिँदैछ। उनले भने, यस्तो मामिलामा एप-बाइक चालकहरूले अस्वीकार गर्नुपर्थ्यो, तर कहिले-कहिले अतिरिक पैसाको लोभले गर्दा उनीहरूले यात्रीहरूलाई अस्वीकार गर्न सक्दैनन्। यसबाट दुर्घटनाहरू हुने सम्भावना बढ़्छ। त्यसैले विभागले लामो समयदेखिको वजन र आकारको सीमा तय गर्ने विचार गरिरहेको थियो जुन अब लागू गरिेको छ।

यसको साथै अधिकारील बताए, केही निजी बाइक चालकहरूले एप-रेजिस्ट्रेशन बिनै सवारी बोकिरहेका छन्। यस्तो अनाधिकृत परिवहनलाई रोक्नको लागि सबै एप-बाइकहरूको लागि अब पहेंलो रंगको आधारयुक्त नम्बर प्लेट अनिवार्य बनाइएको छ।

----------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande