राज्यपाल माथुरद्वारा साहित्यकार सानु लामाको निधनमा शोक व्यक्त
राज्यपाल माथुरद्वारा साहित्यकार सानु लामाको निधनमा शोक व्यक्त


गान्तोक, 12 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले पद्मश्रीले सम्मानित सिक्किमका एक वरिष्ठ साहित्यकार सानु लामाको निधनमा शोक व्यक्त गरेका छन्।

राज्यपालले आज आरी आफ्नो शोक सन्देशमा भने, आज बिहान श्री जीएस लामाको निधनको समाचार सुनेर अत्यन्त दु:खित भए। श्री लामा, जसलाई 'सानु लामा' को नामले व्यापक रूपमा चिनिन्थ्यो, पद्मश्री सम्मानले अलङ्कृत भए र सिक्किमेली नेपाली साहित्यका एक महान स्तम्भको रूपमा प्रतिष्ठित थिए। उहॉंको नाम विशेष रूपमा कालजयी गीत 'जहॉं बग्छ टिस्टा रङ्गीत' को रचयिताको रूपमा सदैव स्मरणीय रहनेछ। साहित्यको क्षेत्रमा उहॉंको योगदान अविस्मरणीय छ।

राज्यपाल माथुरले सानु लामाको निधनलाई साहित्य जगत र सिक्किमका मानिसहरूका लागि अपूरणीय क्षति बताएका छन्। उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको शान्तिको लागि प्रार्थना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande