अलिपुरद्वार, 12 जुलाई (हि.स)। पेशाले वाहन चालकले आफ्नी पत्नीलाई आफ्नै काका ससुरासित अन्तरंग पल बिताइरहेको देख्यो। त्यसपछि पति-पत्नबीच ठूलो झगड़ा भयो। झगड़ाले गर्दा पत्नीले आत्महत्या गरिन्। मृतकाको नाम सावित्री राय हो। यस घटनाको कारणले अलिपुरद्वारको एक नम्बर ब्लकको सालकुमारहाट दुई नम्बर ग्राम पञ्चायतको कलाबरिया गाउँमा कोकोहोलो मच्चियो।
प्राप्त जानकारी अनुसार कलाबरिया गाउँ निवासी नरेन राय र सावित्री राय पति-पत्नी हुन्। उनीहरूको एकजना छोरा र छोरी छन्। छोरीको विवाह एक वर्ष अगाड़ि भइसकेको छ। छिमेकमा बस्ने काका पर्नेको वाहन चलाएर घर धान्दै आइरहेको छ जसले गर्दा उक्त काका भनाउँदोको उनीहरूको घरमा आउ-जाउ भइरहन्थ्यो। गए शुक्रवार नरेन कामबाट घरमा आउँदा आफ्नी पत्नीलाई उक्त काकासित अन्तरंग पल बिताइरहेको देखे। यसै कुरालाई लिएर पति-पत्नीबीच झगड़ा भयो। झगड़ा हुँदा नरेनले पत्नीमाथि कुटपिट पनि गरे। यस अपमानलाई सहन नसकेर पत्नी सावित्री घर छोड़ेर गइन्। शनिवार बिहान उसको शव नजिकैको जंगलमा गलफन्दामा झुण्डिरहेको भेटियो जसले गर्दा क्षेत्रमा व्यापक खैलाबैला मच्चियो। घटनापछि काका भनाउँदो पनि भागेको छ। उसको फोन बन्द छ।
यसबीच खबर पाएर सोनापुर थानाको पुलिस घटनास्थसमा पुग्यो। पुलिसले बतायो, अहिलेसम्म परपुरूषसितको सम्बन्धलाई लिएर कुनै सिकायत दर्ता गरिएको छैन। अप्राकृतिक मृत्युको मामिला दर्ता गरी शवलाई पोस्टमर्टम गर्नको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा