पश्चिम मेदिनीपुर, 12 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतनबाट एउटा भीडियो भाइरल भइरहेको छ जसमा दुईजना नाबालिकहरूलाई दिउँसै डोरीले बाँधेर कुटिरहेको छ। स्थानीय सूत्र अनुसार उनीहरूको हातमा एउटा बन्दुक जस्तो वस्तु पनि छ। गए शुक्रवार साँझ यो भीडियो सोशल मीडियामा द्रूत गतिमा भाइरल भएपछि सम्पूर्ण क्षेत्रमा कोकोहोलो मच्चियो। तथापि हिन्दुस्तान समाचार-ले उक्त भाइरल भीडियोको पुष्टि गर्दैन।
जानकारी अनुसार दाँतन दुई नम्बर ब्लकको रसुलपुर गाउँमा शुक्रवार अपरान्ह दुईजना युवकहरू गाउँकै एउटा पसलमा माचिस किन्न गएका थिए। आरोप छ, बन्द पसलभित्र पसेर यिनीहरूले बलजफ्ती तोड़फोड़ गर्ने प्रयास गरे। यस अवधि यिनीहरूले मानिसहरूलाई डर देखाउनका लागि बन्दुक उज्याए।
यस किसिमको गतिविधि देखेपछि स्थानीय मानिसहरूले तुरून्तै दुवैलाई समातेर डोरीले बाँधे अनि मरूञ्जेल कुटे। यो सम्पूर्ण घटनालाई कसैले क्यामरामा रेकर्ड गरेर सोशल मीडियामा भाइरल बनाइदियो।
घटनाको सूचना पाउनसाथ दाँतन थानाको पुलिस घटनास्थलमा पुग्यो अनि दुवै नाबालिकहरूलाई हिरासतमा लियो। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार दुवै नाबालिक साबरा क्षेत्रका वासिन्दा हुन्।
पुलिस सूत्र अनुसार नाबालिकहरूसित रहेको बन्दुक असली थिएन, एयरगन थियो जसलाई तिनीहरूले डर देखाउनका लागि प्रयोग गरिरहेका थिए पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
घटनालाई लिएर राज्यको कानून-व्यवस्थामाथि प्रश्न उठान गर्दै भाजपा नेताहरूले चर्को प्रतिक्रिया व्यक्त गरेका छन्। उनीहरूको भनाइ छ, राज्यमा अपराध र अराजकता बढ़्दै गइरहेको छ। सत्तारूढ़ तृणमूल कंग्रेसले भने यस घटनालाई अप्रत्याशित बताएको छ।
स्थानीय तृणमूल नेता बुद्धदेब मण्डलले भने, “यो कुनै पनि प्रकारले स्वीकार्य छैन। नाबालिकहरूलाई पुलिस समक्ष सुम्पिएको छ, कानूनले आफ्नो काम गर्नेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा