कोलकाता, 12 जुलाई (हि.स.)। यात्रीहरूको बढ़्दो मागलाई मध्यनजर गर्दै कोलकाता मेट्रो रेल प्राधिकरणले जोकादेेखि माझेेरहाटसम्म चल्ने पर्पल लाइनका सेवाहरूमा वृद्धि गर्ने निर्णय लिएको छ। आगामी 14 जुलाईदेखि यस खण्डमा हरेक दिन 72 वटा मेट्रो सेवालाई संचालन गरिनेछ।
मेट्रो रेलवेद्वारा शनिवार बिहान जारी बयानमा बताइएको छ, वर्तमान यस रूटमा सप्ताहका पाँच कार्य दिवसमा मोठ 62 मेट्रो सेवा (31 अप र 31 डाउन) संचालन हुँदै आएको थियो भने नयाँ व्यवस्था अन्तर्गत अब 21 मिनटको अन्तरालमा मेट्रो उपलब्ध हुनेछ। यसपूर्व यो अन्तराल 24 मिनट थियो। शनिवार र आइतवार भने यस खण्डमा पहिला जस्तै मेट्रो सेवा संचालन हुनेछ।
जोकादेखि माझेरहाटसम्म पर्पल लाइनको सेवालाई लिएर यात्रीहरूले लामो समयदेखिकै माग गर्दै आइरहेका थिए कि भीड़ अनि प्रतिक्षाकोाँ समयलाई ध्यानमा राखेर मेट्रोको आवृत्तिलाई बढ़ाइनेछ। नयाँ व्यवस्थाबाट विशेष रूपमा बिहान र साँझ कार्यालय समयमा यात्रा गर्नेहरूले राहत पाउने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा