गान्तोक, 12 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा भारतीय न्याय संहिता (बीएनएस), भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) र भारतीय साक्ष्य अधिनियम (बीएसए) को कार्यान्वयनको मूल्याङ्कन गर्न आयोजित उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गरे, जुन 01 जुलाई, 2024 मा लागू भएको थियो।
मुख्यमन्त्रीले बैठकमा सार्वजनिक सुरक्षा, प्रक्रियागत दक्षता र नागरिक-केन्द्रित न्याय अभिवृद्धिमा यी सुधारहरूको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारे। उनले सार्वजनिक सुरक्षा र सुविधामा बलियो ध्यान केन्द्रित गर्दै कानूनहरूको निर्बाध एकीकरण सुनिश्चित गर्न रणनीतिक मार्गदर्शन पनि प्रदान गरे।
गृह सचिव एम. भरानीले नयॉं आपराधिक कानून (एनसीएल) प्रगति रिपोर्ट प्रस्तुत गरे, जसमा प्रमुख उपलब्धिहरू र जारी कार्यान्वयन प्रयासहरूको विवरण पनि सामेल थियो। बैठकमा मुख्यमन्त्रीले सारांश संकलनमा संलग्न सबै अधिकारीहरूलाई प्रशंसा पत्र प्रदान गरे। बैठकमा नयॉं आपराधिक कानूनमाथि अधिसूचना, नियम र एसओपीहरूको सारांश पनि शुभारम्भ गरियो।
बैठकमा मुख्य सचिव आर. तेलाङ, डीजीपी अक्षय सचदेव, कानून सचिव, स्वास्थ्य सचिव, सिक्किम पुलिस र एनआईसीका वरिष्ठ अधिकारीहरू पनि उपस्थित रहेको सीएमओले आज विज्ञप्तिमा दिएको छ।
हिन्दुस्थान समाचार / बिशाल