पर्यटन मन्त्री भोटियाले कमेरेमा नवनिर्मित हाट बजारको उद्घाटन गरे
पर्यटन मन्त्री भोटियाले कमेरेमा नवनिर्मित हाट बजारको उद्घाटन गरे


पाकिम, 12 जुलाई (हि.स.)। राज्य पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री टीटी भोटियाले आज रिनाक निर्वाचन क्षेत्र अन्तर्गत कमेरेमा नवनिर्मित हाट बजारको उद्घाटन गरे। यस अवसरमा कृषि मन्त्री पुरण कुमार गुरुङ, विधायक एलएन नेपाल, जिल्ला उपाध्यक्ष प्रभा प्रधान, मुख्यमन्त्रीका सल्लाहकार एनबी खतिवडा आदि पनि उपस्थित थिए।

कार्यक्रमको शुरुवात कमेरे मेन गेटबाट साइकल ऱ्याली र राम मन्दिरदेखि हाट बजारसम्म हर्स जोय राइडका साथ शुरू भयो। मुख्य अतिथि मन्त्री भोटियाले स्थानीय पर्यटन र परम्परागत अभ्यासहरूको पुनरुत्थानलाई प्रोत्साहित गर्दै उक्त कार्यक्रमहरूको अगुवाई गरेका थिए। हाट बजार स्थानीय उत्पादन, शिल्प र साना स्तरका नवप्रवर्तनहरूको व्यापार र प्रदर्शनी मञ्चको रूपमा स्थापित गरिएको बताइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भोटियाले हाट बजार स्थापनामा स्थानीय ग्रामीण, ग्राम पञ्चायत सदस्यहरू र हित धारकहरूको भूमिकाको सराहना गरे। उनले युवा, महिला र एसएचजीहरूबाट थप सहभागिताको लागि प्रोत्साहित गर्दै सरकारको तर्फबाट नीति, पूर्वाधार र कोषको रूपमा समर्थनको आश्वासन दिए।

उनले पारिस्थितिक परिदृश्यलाई वाधा नपुऱ्याई पर्यटन पूर्वाधार विस्तार गर्न र ग्रामीण क्षमता विकास गर्न सरकार प्रतिबद्ध रहेको अवगत गराए। मन्त्री भोटियाले ग्रामीण अर्थतन्त्रलाई ठूला बजारहरूसॅंग जोड्न हाट बजारको भूमिकामाथि प्रकाश पार्दै कमेरेलाई अन्य गाउँहरूको लागि उदाहरण बनाउन निरन्तर सहभागितामाथि जोड दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande