सीएपी अध्यक्षले वरिष्ठ साहित्यकार सानु लामाको निधनमा गहिरो दु:ख व्यक्त गरे
सानु लामा


गान्तोक, 12 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईले एक प्रख्यात नेपाली साहित्यकार एवं पद्मश्रीले सम्मानित सानु लामाको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। उनले सीएपीलगायत आफ्नो व्यक्तिगत तर्फबाट शोक सन्तप्त परिवार, मित्रहरू र सम्पूर्ण साहित्य जगतमा गहिरो समवेदना व्यक्त गरेका छन्।

सीएपी अध्यक्षले आज जारी आफ्नो शोक सन्देशमा शनिवार बिहान सिलगढीको स्थानीय एक निजी अस्पतालमा प्रख्यात नेपाली साहित्यकार सानु लामाको निधन भएको बताएका छन्। उनले हाम्रो भाषा र साहित्यको समृद्धिमा स्व. लामाको विरासत र आजीवन समर्पणको हामी सम्मान गर्दछौं भनेका छन्। सन् 1939 मा जन्मेका गरुडसिंह लामा, सानु लामा एक लेखक मात्र थिएनन्, उनी नेपाली साहित्यका एक स्तम्भ पनि थिए, जसका शब्दहरूले हाम्रो पहिचान, भावना र संघर्षहरूलाई आवाज दिएका थिए।

अध्यक्ष राईले उहाँको विशाल योगदानले सिक्किमको साहित्यिक र सांस्कृतिक परिदृश्य र वहहत् नेपाली भाषी समुदायमा अमिट छाप छोडेको बताएका छन्। उहाँको निधनलाई सबैको लागि अपूरणीय क्षति बताउॅंदै उनले दिवंगत आत्माको अनन्त शान्तिको लागि प्रार्थना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande