नयाँदिल्ली, 12 जुलाई (हि.स.)। दक्षिण पूर्वी जिल्लाकोकालकाजी मुख्य बजारस्थित टी-पोइन्टमा गोली चलेको घटनाले सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलायो। गए राती11:15 बजे पीसीआर कलकोमाध्यमबाट सूचना दिइयो, दुईजना युवकहरूलाई गोली लागेको छ। सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले घाइते युवकहरूलाई सफदरगञ्ज अस्पतालमा भर्तीगऱ्यो।
घाइतेहरूको पहिचान ओखला निवासी देव मलिक (20)र तुगलकाबाद एक्सटेन्शन निवासी निर्भय भाटी (24)-को रूपमा भएको छ। दक्षिण पूर्वी जिल्लाका डीसीपी हेमन्त तिवारी अनुसार पुलिसले दुवै घाइतेको बयान लिने प्रयास गऱ्यो, तर हाल दुवैले नै बयान दिन अस्वीकार गर्दै भने, अस्पतालबाट घरमा गएपछि थानामा आएर बयान दिनेछु अनि घटनास्थलको पहिचान गर्नेछु।
डीसीपीअनुसार स्थानीयमानिसहरूसित जाँचबुझ गर्दा कसैले पनि गोली चलेको पुष्टि गरेनन्। घटनास्थलमा खाली कारतूसहरू पनि भेटिएन। पीसीआर कलमा बताइयो, स्थानको सीसीटीभी फुटेजको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा