नयाँ दिल्ली, 12 जुलाई (हि.स.)। दक्षिण-पश्चिम जिल्लाको दिल्ली क्यान्ट थाना अन्तर्गत पुलिस चौकी सुब्रतो पार्कले लुटपाटको घटनालाई परिणाम दिने चतुर उपद्रवीहरूलाई पक्राउ गरेको छ। आरोपीहरूको पहिचान राहुल उपनाम रोबर्ट (29), अन्नु (28) र शिवा (26)-को रूपमा भएको छ।
तीनै आरोपी दिल्ली निवासी हुन् भने यिनीहरू पहिला पनि धेरैवटा आपराधिक मामिलाहरूमा सामेल रहिसकेका छन्। यिनीहरूको कब्जाबाट घटनामा प्रयोग गरिएको एउटा सेतो रंगको स्विफ्ट कारलाई जफ्त गरिएको छ।
दक्षिण-पश्चिम जिल्लाका डीसीपी अमित गोयल अनुसार गत 10 जुलाईको दिन थाना दिल्ली क्यान्टमा एक पीसीआर कल प्राप्त भएको थियो जसमा पीड़ितले बताएका थिए, तिनी र तिनका भाइ फिरोजाबाद(उप्र)-देखि काँचको सामान लिेर दिल्लीको जंगपुरा आएका थिए। सामान उतारेपछि उनीहरू दिल्ली क्यान्ट मेट्रो स्टेशन नजिक सीेएनजी भर्न गए जहाँ उनीहरूलाई बताइयो, ग्यास दुई घण्टापछि मात्र पाइनेछ।
दुवै नै फर्किन लागेका थिए अचानक एकजना व्यक्ति उनीहरू समक्ष आएर पैसा माग्न थाले। अस्वीकार गर्दा आरोपीले पीड़ितको हातबाट तीन हजार रुपियाँ खोसेर भाग्यो। पछ्याउँदा आरोपी आफ्ना साथीहरूसित एउटा कारमा सवार भई भाग्यो। पुलिसले पीड़ितको बयानमा मुद्दा दर्ता गऱ्यो।
डीसीपी अनुसार टीमले लगभग सयवटा सीसीटीभी क्यामराको फुटेज जाँच गऱ्यो अनि तकनिकी निगरानी र सुराकीको सहयोगमा संदिग्धहरूको पहिचान गऱ्यो। यस अतिरिक्त डोजियरको सहयोगमा मुख्य आरोपी राहुललाई चिन्हित गरी उसलाई समात्यो। जाँचबुझमा उनले अन्य साथीहरूको नाम बतायो जसलाई पुलिसले पक्राउ गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा