भारत-बंगलादेश सीमामा चाँदीको तस्करी असफल, बीएसएफले 16.49 लाखको गहना सहित तस्करलाई समात्यो
भारत-बंगलादेश सीमामा चाँदीको तस्करी असफल, बीएसएफले 16.49 लाखको गहना सहित तस्करलाई समात्यो


कोलकाता, 14 जुलाई (हि.स.)। भारत-बंगलादेश सीमामा तैनाथ सीमा सुरक्षा बल (बीएसएफ)-ले ठूलो कारवाहीलाई परिणाम दिँदै चाँदीको तस्करी गर्ने चेष्टालाई असफल बनाइदियो। दक्षिण बंगालको सीमान्त अन्तर्गत 143औं वाहिनीको बिठारी सीमा चौकीमा तैनाथ जवानहरूले 16.71 किलोग्राम चाँदीको आभूषण एउटा मोटरसाइकलबाट जफ्त गरे जसको अनुमानित मूल्य 16.49 लाख रुपियाँ रहेको छ। यस अवधि एकजना तस्करलाई वाहन सहित पक्राउ गरियो।

बीएसएफ अनुसार जवानहरूलाई एक विश्वसनीय सूत्र मार्फत सूचना प्राप्त भएको थियो, बिठारी क्षेत्रमा चाँदीको तस्करी भइरहेको छ। त्यसपछि बिठारी सीमा चौकी लगायत क्षेत्रका सबै गस्ती दलहरूलाई सतर्क गराइयो। यसै क्रममा गए 13 जुलाईको बिहान लगभग 10:55 बजे दाहरकांदा गाउँतिरबाट आइरहेको एउटा संदिग्ध मोटर साइकललाई जाँचको लागि रोकियो जुन हाकिमपुर तर्फ गइरहेको थियो।

मोटरसाइकलमा सवार व्यक्तिको व्यवहारमा शंका लागेपछि जवानहरूले एकजना म्याकेनिकलाई घटनास्थलमा बोलाए अनि वाहनको यान्त्रिक जाँच गराए। जाँचमा मोटरसाइकलको अघिल्लो र पछिल्लो टायरको ट्यूबमा लुकाएर राखिएको 14 प्याकेट चाँदीको आभूषण भेटियो। जवानहरूले तत्परता देखाउँदै तस्करलाई घटनास्थलबाटै हिरासतमा लिए अनि जाँचबुझ गर्नको लागि हाकिमपुर सीमाचौकीमा पुऱ्याए।

जाँचबुझमा तस्करले बतायो, उसलाई 13 जुलाईको बिहान बिठारी बजारको बाहिरी क्षेत्रमा एकजना व्यक्तिले यी प्याकेटहरू दिएको थियो जसको उदेश्य यी प्याकेटहरूलाई हाकिमपुरको गोशपाड़ा गाउँमा बस्ने एकजना व्यक्तिलाई सुम्पिनुथियो। यस कामको लागि उसलाई पाँच लाख रुपियाँ दिने लोभ देखाइएको थियो।

बीएसएफले जफ्त गरेको चाँदी, मोटरसाइकल र तस्करलाई अग्रिम कानूनी कारबाहीको लागि सम्बन्धित विभागमा सुम्पिदिएको छ। दक्षिण बंगाल सीमान्तका जनसम्पर्क अधिकारीले बताए, अन्तर्राष्ट्रिय सीममा तस्करीलाई रोक्नको लागि बीएसएफ पूर्ण रूपले सतर्क छ र कुनै पनि अवैध गतिविधिलाई सफल हुन दिइनेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande