मानव धर्म अनुनायीहरुले भव्य रुपमा मनाए इजरायल तेल अवीवमा गुरु पूर्णिमा पर्व
मानव धर्म अनुनायीहरुले भव्य रुपमा मनाए इजरायल तेल अवीवमा गुरु पूर्णिमा पर्व


मानव धर्म अनुनायीहरुले भव्य रुपमा मनाए इजरायल तेल अवीवमा गुरु पूर्णिमा पर्व


गान्तोक, 15 जुलाई (हि.स.)। इजरायलको तेल अवीव शहरस्थित मानव धर्म कार्यालयमा गुरु (व्यास) पूर्णिमाको अवसरमा विशेष सत्संग र भजन कार्यक्रम भव्य रूपमा पालन गर्‍यो। यस अवसरमा मानव धर्मका प्रणेता सतपाल महाराजप्रति सम्मान र कृतज्ञता व्यक्त गर्न इजरायलमा कार्यरत भक्तहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा जूम प्लेटफार्म मार्फत भारतको मानव उत्थान सेवा समिति, उत्तरपूर्वाञ्चल क्षेत्र सिलगढीकी प्रभारी महात्मा दीपिका बाइजीले इजरायलमा कार्यरत भक्तजनलाई सम्बोधनमा सन्त कबीरको प्रचलित दोहा 'गुरु गोविन्द दो खडे, काको लगी पाऊ, बलिहारी गुरु अपने गोविन्द दियो लखाई' लाई उद्घृत गर्दै गुरुको महत्वमाथि प्रकाश पारिन्। बाईजीले गुरुमार्फत नै ईश्वर र आत्माको साक्षात्कार सम्भव हुने र समयका सदगुरुले मात्र आत्मज्ञान प्रदान गर्न सक्ने गहन विचार व्यक्त गरिन्।

यसरी नै यहाँ कार्यरत मानव धर्मका अनुयायी सन्ध्या शर्माले मानव धर्मका प्रणेता सतपाल महाराजले जनचेतनाका लागि अध्यात्मिक र भौतिक उत्थानमा पुर्‍याएको योगदानको चर्चा गरिन्। साथै, उनले मानव उत्थान सेवा समितिको उद्देश्यलाई पनि प्रकाश पारिन्।

सोही प्रकारले आफ्नो संक्षिप्त्त विचार राख्दै शिखा विश्वले गुरु महिमाको प्रशंसा, जीवनमा सत्संग र गुरुको मार्गदर्शनको अपरिहार्यता बारे जोड दिइन्। उनले विदेशी भूमिमा पनि गुरुको प्रेरणा र कृपाले भक्तजन संगठित, सुरक्षित र आनन्दित रहेको बताइन्।

कार्यक्रमको शुभारम्भ गुरुभक्त कुसुम भट्टराईले सदगुरुदेवको तस्बिरमा दीप प्रज्वलन र माल्यार्पण गरी गरेका थिए। नम्रता राईले कार्यक्रम सञ्चालन गर्दै माहौललाई भक्तिमय बनाएकी थिइन् भने विभिन्न कलाकार र भक्तजनले भक्तिमय भजन प्रस्तुत गरी वातावरणलाई आध्यात्मिक बनाएका थिए।

उल्लेखनीय छ, गुरु पूर्णिमा १० जुलाई, २०२५ मा परे पनि विदेशमा कामको व्यस्तताका कारण यो कार्यक्रम १२ जुलाईमा आयोजित गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande