दार्जिलिङ, 15 जुलाई (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक एवं सभासद अजय एडवर्ड्सले जीटीए प्रमुख अनित थापालाई अबिलम्ब जीटीए सभा डाक्न निवेदन गर्दै आज पत्राचार गरेका छन्। अजय एडवर्ड्सले हालसम्म तीनपल्ट मात्र जीटीएको सभा र एकपल्ट आपातकालीन सभा डाकिएको कुरा पत्रका उल्लेख गरेका छन्।
उनले जीटीएको कानुन अनुरूप सालमा दुईचोटी सभा डाक्नु पर्ने, तर त्यो कानुन पालन नभएको बताएका छन्। पत्रमा उनले विभिन्न मुद्दाहरूमाथि चर्चा परिचर्चा तथा समस्याहरूको समाधान गर्न झट्ट सभा डाक्न निवेदन गरेका छन्।
पत्रमा चिया, पर्यटन र सम्बन्धित व्यवसाय नीति २०१९ र त्यसपछिको सूचना (दिनांक ०७/०२/२०२५) खारेज गर्न निवेदन गरिएको छ। यसरी नै स्थायी जमिन अधिकार, आर्थिक समानत, बक्यौता भुक्तानी, जीटीएको स्वायत्तता, बाढी पीडितहरुको लागि राहत आदि जस्ता विषयहरूमाथि चर्चा र समीक्षा गर्नुपर्ने कुरा उल्लेख छन्।
हिन्दुस्थान समाचार / हनोक