-चारवटा अमृत भारत ट्रेनलाई प्रस्थान गराएपूर्वी चम्पारण, 18 जुलाई(हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रवार मोतिहारी आइपुगे। हेलीप्याडबाट खुल्ला वाहनमा सवार भई मानिसहरूलाई अभिवादन गर्दै मञ्चसम्म पुगे। खुल्ला वाहनमा उनीसित मुख्यमन्त्री नीतीश कुमार, उपमुख्यमन्त्री सम्राट चौधरी र विजय कुमार सिन्हा पनि उपस्थित थिए।
यसावधि उनको वाहनमा फूलहरूको वर्षा भइरह्यो। मानिसहरूले भारत माता की जय- को नारा लगाइरहे। उल्लेखनीय छ, प्रधानमन्त्री मोदीले मोतिहारीको यस भव्य कार्यक्रमबाट बिहारको निम्ति 7,196 करोड़ रुपियाँको परियोजनाको शुभारम्भ गरे जसमा सड़क एवं परिवहन राजमार्ग मन्त्रालयको 1,173 करोड़, इलेक्ट्रनिक एवं सूचना प्रौद्योगिकी मन्त्रालयको 63 करोड़, रेलवेको 5,398 करोड़ रुपियाँको परियोजनाहरू सामेल छन्।
यसको साथै प्रधानमन्त्रीले पीएम आवास योजनाका 40 हजार लाभार्थीहरूलाई 162 करोड़ रुपियाँ ट्रान्सफर गरे भने लगभग 12 हजार लाभार्थीहरूलाई भर्चुअली गृह प्रवेश गराए। उनले पूर्वी चम्पाचरणको लागि 700 करोड़ रुपियाँका परियोजनाहरूको शिलान्यास र उद्घाटन गरे।
प्रधानमन्त्रीले 4 वटा अमृत भारत ट्रेनलाई हरियो झण्डी देखाएर प्रस्थान गराए जसमा राजेन्द्र नगर टर्मिनल (पटनादेखि नयाँ दिल्ली), दरभंगादेखि लखनऊ (गोमती नगर), बापूधाम (मोतिहारीदेखि दिल्ली) (आनन्द विहार टर्मिनल) मालदा टाउनदेखि लखनऊ (गोमती नगर) सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा