कविन्दर गुप्ताले लद्दाखको नयाँ उपराज्यपाल पदको शपथ लिए
कविन्दर


लद्दाख, 18 जुलाई (हि.स.)। केन्द्र शासित प्रदेश लद्दाखका नयाँ उपराज्यपालको रूपमा शुक्रवार कविन्दर गुप्ताले शपथ लिए। राज निवासमा जम्मू-कश्मीर र लद्दाख हाईकोर्टका चीफ जस्टिस अरूण पल्लीले उनलाई पद एवं गोपनीयता शपथ दिलाए। मुख्य सचिव पवन कोतवालले राष्ट्रपति द्रौपदी मुर्मूको तर्फबाट गुप्ताको नियुक्तिको वारन्ट पढ़े।

उनी केन्द्र शासित प्रदेशको तेस्रो उपराज्यपाल हुन् र ब्रिगेडियर बीडी मिश्राको स्थान लिएका छन्, जसले 19 फरवरी, 2024 मा केन्द्र शासित प्रदेशको उपराज्यपालको पदभार सम्हालेका थिए। मिश्राले आरके माथुरको स्थान लिएका थिए। जम्मू र कश्मीर राज्यलाई दुई केन्द्र शासित प्रदेशहरूमा विभाजित गरिएपछि 2019 मा उनलाई लद्दाखको पहिलो उपराज्यपालको रूपमा नियुक्त गरिएको थियो।

राष्ट्रपति मुर्मूले सोमवार कविन्दर गुप्तालाई लद्दाखको नयाँ उपराज्यपाल नियुक्त गरेकी थिइन्। भाजपाका वरिष्ठ नेता कविन्दर गुप्ताले अतीतमा सरकार र आफ्नो पार्टी दुवैमा धेरै महत्वपूर्ण पदहरूमा कार्य गरेका छन्। उनी 2018 मा भाजपा-पीडीपी सरकारमा 51 दिनको निम्ति जम्मू-कश्मीरको उपमुख्यमन्त्री रहे। जब भाजपाले महबूबा मुफ्ती नेतृत्व सरकारबाट आफ्नो समर्थन फिर्ता लियो तब उनले पद छोड़े। जम्मू शहरको जानीपुर क्षेत्रसित सम्बन्ध रहेका 66 वर्षीय गुप्ता 2005 देखि 2010 सम्म लगातार तीन पल्ट जम्मूको मेयर पनि रहिसकेका छन्। उनले भाजपाको राज्य एकाईको महासचिवको रूपमा पन काम गरे औं 1993 देखि 1998 सम्म लगातार दुई पल्ट भारतीय जनता युवा मोर्चा (भाजयुमो) को जम्मू-कश्मीर एकाईको नेतृत्व गरे।

गुप्ता 2014 को विधानसभा चुनाउहरूमा कांग्रेसका तत्कालीन मन्त्री रमन भल्लालाई हराएर गान्धी नगर निर्वाचन क्षेत्रबाट पहिलो पल्ट विधायक चुनिएका थिए। ती चुनाउहरूमा पीडीपी-भाजपा गठबन्धनको जितपछि गुप्ता सर्वसम्मतिले विधानसभा अध्यक्ष चुनिए। उनी विश्व हिन्दू परिषद (विहिप) को सचिव पनि रहिसकेका छन्। उनले आपातकालमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को कार्यकर्ताको रूपमा लगभग 13 महिना जेलमा बिताएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande