नयाँ दिल्ली, 18 जुलाई (हि.स.)। केन्द्र सरकारले 21 जुलाईदेखि शुरू भइऱहेको संसदको मनसून सत्रभन्दा एक दिन अगाड़ी अर्थात् 20 जुलाई आइतवार सर्वदलीय बैठक बोलाएको छ। सत्रलाई सुचारू रूपले चलाउन यो बैठक बोलोइएको हो।
आधिकारिक जानकारी अनुसार, संसद भवन एनेक्सीको मुख्य बैठक कक्षमा पूर्वाह्न 11 बजीदेखि आयोजित सर्वदलीय बैठकमा दुवै सदनका फ्लोर लीडरलाई आमन्त्रित गरिएको छ। बैठकको अध्यक्षता रक्षा मन्त्री राजनाथ सिंहले गर्नेछन्। बैठकमा सरकारले सबै दलहरू समक्ष आगामी मनसून सत्रको एजेन्डा राख्नेछ।
संसदको मनसून सत्र 21 जुलाईदेखि 21 अगस्तसम्म प्रस्तावित छ। यसमा कूल 21 बैठक हुनेछ। 12 देखि 18 अगस्तसम्म कुनै बैठक हुनेछैन। यसमा सात लम्बित विधेयकहरूलाई विचार र पारित गर्नका लागि सूचीबद्ध गरिएको छ। आठ विधेयकलाई पुनःस्थापना, विचार र पारित गर्नका लागि सूचीबद्ध गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी