छत्तीसगढ़को भिलाईमा पूर्व मुख्यमन्त्री भूपेश बघेल र छोरा चैतन्यका ठेगानाहरूमा ईडीको रेड
ईडी


रायपुर, 18 जुलाई (हि.स.)। छत्तीसगढ़को भिलाईमा प्रवर्तन निदेशालय (ईडी) ले आज बिहान पूर्व मुख्यमन्त्री एवं कांग्रेसका वरिष्ठ नेता भूपेश बघेल र उनका छोरा चैतन्य बघेलका ठेगानाहरूमा छापा मारेको छ। बिहान 6 बजी बघेलको निवासमा ईडीका लगभग 12 अधिकारी पुगे। उनीहरूको साथ भारी संख्यामा सीआरपीएफका जवान पनि उपस्थित रहे। आधिकारिक सूत्रहरू अनुसार, यो कारबाही 2161 करोड़ रूपियाँको रक्सी घोटालाको मामिलामा गरिँदैछ।

भूपेश बघेलले एक्समा लेखेका छन्, ईडी आयो। आज विधानसभा सत्रको अन्तिम दिन हो। अडानीको निम्ति तमनारमा काँटिरहेका रूखहरूको मुद्दा आज उठाउनु थियो। भिलाई निवासमा साहेबले ईडी पठाएका छन्।

कांग्रेसले यस छापामारीको पुष्टि गर्दै आफ्नो आधिकारिक ग्रुपमा यसको सूचना साझा गरेको छ। ईडीको टीम अहिलेपनि बघेलको भिलाई स्थित निवासमा उपस्थित छ। यस अगाड़ी मार्च 2025 मा पनि भूपेश बघेलको घरमा ईडीले छापा मारेको थियो। तब घरको क्यास जफत गरेपछि नोट गन्ने मशीन पनि मगाइएको थियो।

उल्लेख्य, ईडीले छत्तीसगढ़मा रक्सी घोटालाको जाँचमा ठूलो खुलासा गरिसकेको छ। जाँचमा अघि आएको छ कि राज्यमा एक संगठित रक्सी सिन्डिकेटले काम गरिरहेको थियो। यसमा अनवर ढेबर, अनिल टुटेजा र अन्य धेरै मानिसहरू सामेल थिए। यस घोटालाबाट लगभग 2161 करोड़ रूपियाँको अवैध कमाई भयो। ज्ञात होस्, यस मामिलामा पूर्वमन्त्री कवासी लखमा जेलमा छन्।

ईडीको छापामारीको सूचना पाउनसाथ कांग्रेस कार्यकर्ताहरू भिलाई-3 भूपेश बघेलको निवास पुग्नु शुरू भएको छ। चरोदा नगर निगमका सभापति कृष्णा चन्द्राकरको भनाई छ, पूर्व मुख्यमन्त्री भूपेश बघेलले हरेक ठाउँ गएर कांग्रेसको वर्चस्व बनाइरहेका छन्। यसबाट भाजपालाई भारी क्षति भइरहेको छ। विधानसभा सत्रमा कांग्रेसले लगातार प्रदेशसित जोड़िएका मुद्दा उठाइरहेको छ। यसबाट डराएर भूपेश बघेललाई रोक्न यो कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande