नयाँ दिल्ली, 18 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार भीडियो कन्फ्रेन्सिङको माध्यमले बापूधाम मोतिहारीदेखि चार नयाँ अमृत भारत एक्सप्रेस दुवैको शुभारम्भ गरे। उनले राजेन्द्र नगर टर्मिनल-नयाँ दिल्ली अमृत भारत एक्सप्रेस सहित चार ट्रेनहरूलाई हरियो झण्डा देखाएर प्रस्थान गराए।
यस अवसरमा विशेष ट्रेनमा सवार छात्रहरूले प्रधानमन्त्री मोदीलाई धन्यवाद दिँदै भने, यो ट्रेनले अब पटना, भोजपुर, बक्सर समेत बिहारका धेरै जिल्लाहरूका निवासीहरूलाई आधुनिक सुलभ रेल यात्राको अनुभव दिनेछ। आम व्यक्तिले सस्तो भाड़ामा अब आधुनिक सुविधाहरू भएको ट्रेन पाएको छ।
दानापुरका मण्डल रेल प्रबन्धक (डीआरएम) जयन्त कुमार चौधरीले बताए, राजेन्द्र नगरदेखि नयाँ दिल्ली जाने यस ट्रेनको जनरल क्लासको भाड़ा 350 रुपियाँ र स्लीपर क्लासको भाड़ा 560 रुपियाँ निर्धारित गरिएको छ। अब यात्रीहरूका लागि साधारण भाड़ामा दिल्लीसम्मको लामो यात्रा सुगम हुनेछ किनभने यसको सीट आरामदायक छ। प्रत्येक कोचमा सीसीटीभी क्यामरा जड़ान गरिएकोले सुरक्षा पनि महसूस हुनेछ। मोबाइल फोनलाई चार्जिङ गरिएको बेला फोन राख्ने विशेष व्यवस्था गरिएको छ। यो ट्रेन पटनादेखि दिनहुँ पूर्वाह्न 11.45 बजी प्रस्थान हुनेछ र भोली पल्ट बिहान 4 बजी नयाँ दिल्ली पुग्नेछ। राजेन्द्र नगर-नयाँ दिल्ली अमृत भारत एक्सप्रेस पटना जंक्शन, दानापुर, आरा, बक्सर, दीनदयाल उपाध्याय जंक्शन, सूबेदारगंज, गोविन्दपुरी र गाजियाबादको बाटो नयाँ दिल्ली जानेछ।
स्टेशनहरूमा यस प्रकार रोकिनेछ ट्रेनः
आरा – दिउँसो 1:15 बजी
बक्सर – दिउँसो 2:10 बजी
दीनदयाल उपाध्याय – अपराह्न 3:40 बजी
सूबेदारगंज – साझँ 6:15 बजी
गोविंदपुरी – राति 8:50 बजी
गाजियाबाद – बिहान 2:40 बजी
नयाँ दिल्ली – बिहान 4:00 बजी।
प्रधानमन्त्रीद्वारा उद्घाटित अन्य अमृत भारत एक्सप्रेस ट्रेनहरूमा बापूधाम मोतिहारी–आनन्द विहार टर्मिनल, दरभंगा–गोमती नगर (लखनऊ) र मालदा टाउन–गोमती नगर (लखनऊ) वाया भागलपुर सामेल छ।
हिन्दुस्थान समाचार / भवानी थामी