नयाँ दिल्ली, 18 जुलाई (हि.स.)। भारतले अमेरिकी विदेश विभाग र संयुक्त राष्ट्र सुरक्षा परिषदबाट प्रतिबन्धित आतङ्की संगठन लश्कर-ए-तैयब्बाको संगठन द रजिस्टेन्स फ्रन्ट (टीआरएफ) लाई वैश्विक आतङ्की संगठन घोषित गरिएकोमा स्वागत जनाएको छ।
विदेश मन्त्रालयले आज यहाँ बयानमा भन्यो, भारत सरकारले टीआरएफलाई विदेशी आतङ्की संगठन (एफटीओ) र विशेष वैश्विक आतङ्कवादी (एसडीजीटी) को रूपमा नामित गर्ने अमेरिकी विदेश विभागको निर्णयको स्वागत जनाउँदछ। हामी यस सम्बन्धमा विदेश मन्त्री मार्को रूबियोको नेतृत्वलाई स्वीकार गर्दछौं र उनको सराहना गर्दछौं।
बयान अनुसार, पाकिस्तान स्थित आतङ्कवादी संगठन लश्कर-ए-तैय्यबाको एक प्रक्सी टीआरएफ 22 अप्रेलमा जम्मू-कश्मीरको पहलगाममा नागरिकहरूमाथि जघन्य हमला सहित धेरै आतङ्कवाद सम्बन्धी गतिविधिहरूमा सामेल रहेको छ। यसको निम्ति उसले दुई पल्ट जिम्मेवारी पनि लिएको छ।
विदेश मन्त्रालयले भन्यो, भारतले आतङ्कवाद विरूद्ध लड़ाई र आतङ्कवादी बुनियादी ढांचालाई समाप्त गर्नमा वैश्विक सहयोगको आवश्यकतामाथि लगातार जोड दिएको छ। टीआरएफलाई वैश्विक आतङ्की संगठनको रूपमा नामित गर्नु एक सामयिक र महत्वपूर्ण कदम हो। यसले आतङ्कवाद विरूद्ध भारत र अमेरिकाबीच गहिरो सहयोगलाई दर्शाउँदछ।
बयानमा भनियो, भारत आतङ्कवादप्रति शून्य सहिष्णुताको नीतिप्रति प्रतिबद्ध छ र आतङ्कवादी संगठनहरू र उसका सहयोगीहरूलाई जवाबदेह ठहर गरियोस्, यो सुनिश्चित गर्न आफ्नो अन्तरराष्ट्रिय भागीदारहरूको साथ मिलेर काम गर्नु जारी राख्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी