नयाँ दिल्ली, 2 जुलाई (हि.स.)। उत्तर जिल्लाको एन्टी-नारकोटिक्स सेलले एक अन्तर्राज्यीय अवैध हतियार तस्करी गिरोहको भण्डाफोर गर्दै 6 जना अपराधीहरूलाई पक्राउ गरेको छ। यीमध्ये दुईजना नाबालिक छन्। पुलिसले यस गिरोहबाट मोठ 14 वटा पेस्तोल (13 वटा देशी र 1 वटा सेमी-अटोम्याटिक), 18 वटा जिउँदो कारतूस र एउटा स्कुटी जफ्त गरेको छ जुन हतियार आपूर्तिको निम्ति प्रयोग हुन्थ्यो।
उत्तरी जिल्लाका पुलिस उपायुक्त (डीसीपी) राजा बंथिया अनुसार पुलिसलाई लामो समयदेखिकै सूचना प्राप्त भइरहेको थियो, दिल्लीमा अवैध हतियारहरूको आपूर्ति भइरहेको छ। सूचनाको आधारमा कारबाही गर्दै गए राती फरिदाबाद बस स्ट्याण्डबाट मोहम्मद बिलाल (19)-लाई पक्राउ गरियो। उसको कब्जाबाट चारवटा देशी पेस्तोल र आठवटा जिउँदो कारतूस जफ्त गरियो। आरोपीविरूद्ध मुद्दा मुद्दा दर्ता गरियो। बिलालसित जाँचबुझ गर्दा थाहा लाग्यो, उसले हतियार अलिगढ़ निवासी आजिम र हारूनबाट आफै खरिद गरेको थियो अनि भलस्वा डेयरी र मुकु्दपुर क्षेत्रमा कैयौं पटक सप्लाई गरिसकेको थियो।
पुलिसले भलस्वा डेयरीबाट एकजना नाबालिकलाई पक्राउ गरेको छ जसको कब्जाबाट एउटा पेस्तोल र दुईवटा जिउँदो कारतूस जफ्त गरिएको छ। मुकुन्दपुरबाट गौरव कुमार झालाई पनि पक्राु गरियो जसबाट दुईवटा पेस्तोल र चारवटा कारतूस जफ्त गरिएको छ। अलिगढ़बाट पुलिसले आजिमलाई पक्राउ गऱ्यो अनि उसको कब्जाबाट 1 सेमी-अटोम्याटिक पेस्तोल, 1 देशी कट्टा र 4 वटा कारतूस जफ्त गरियो। आरोपीहरूसित जाँचबुझ गर्दा थप अर्को नाबालिकलाई पेस्तोलसितै पक्राउ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा