प्रयागराजमा सुतिरहेको बेला एक किसानको गोली हिर्काई हत्या
प्रयागराजमा सुतिरहेको बेला एक किसानको गोली हिर्काई हत्या


प्रयागराज, 03 जुलाई (हि.स.)। मऊआइमा थाना क्षेत्रको राजेतारा गाउँमा सुतिरहेको बेला एक किसानको गोली हिर्काई हत्या गरियो। बिहिवार बिहान सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ।

पुलिस उपायुक्त गंगानगर कुलदीप सिंह गुनावतले बताए, मऊआइमा थाना क्षेत्रको राजेतारा गाउँ निवासी विजय बहादुर पटेलको बुधवार राति सुतिरहेको बेला गोली हिर्काई हत्या गरियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई कब्जामा लिएर जाँच शुरू गरेको छ। घटनास्थलमा फोरेन्सिक टीम पनि पुगेको छ। घटनासित सम्बन्धित अन्य जानकारी जुटाइँदैछ। परिवारबाट अहिले कुनै शिकायत पाइएको छैन। शिकायत पाएपछि मात्र मामिला दर्ता गरी विधिक कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande