मेनका गान्धीले पशु क्रूरता निवारण सोसाइटी गठनार्थ लेखिन् पत्र
मेनका गान्धीले पशु क्रूरता निवारण सोसाइटी गठनार्थ लेखिन् पत्र


सुलतानपुर, 2 जुलाई (हि.स.)। पूर्व केन्द्रिय मन्त्री एवं जिल्लाकी पूर्व सांसद मेनका गान्धीले जिल्लाधिकारी कुमार हर्षलाई पत्र लेखेर पशु क्रूरता निवारण सोसाइटी (एसपीसीए) गठन गर्ने आवश्यकता बारे अवगत गराइन् साथै एम्बुलेन्सको आवश्यकतालाई पनि इंगित गरिन्।

श्रीमती गान्धीले बताइन्, यसको उद्देश्य निराश्रित तथा घर पालुवा पशुहरूको उपचार, आपत स्थितिमा मद्दत अनि क्रूरतालाई रोक्नु हो। उनले यसको लागि सदस्यहरूको रूपमा सुधांशु सिंह, प्रशान्त द्विवेदी, संगीता शुक्ला, अविता अग्रवाल, हरिश उपाध्याय, वरिष्ठ पत्रकार जीतेन्द्र श्रीवास्तव अनि पत्रकार योगेश यादवको नामको प्रस्ताव सुझाउको रूपमा राखेकी छन्। उनले एसपीएसमा दुई-दुई वटा एम्बुलेन्स चालक अनि वार्ड प्यारावेट्स, एक्सरे अनि ल्याबरोटरी टेक्नीशियन तथा तीन जना सफाईकर्मीहरूको आवश्यकतामाथि पनि बल दिइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande