हावड़ा नगरनिगम परिसरमा रूख ढलेर दुई जना कर्मचारीको मृत्यु
हावड़ा नगरनिगम परिसरमा रूख ढलेर दुई जना कर्मचारीको मृत्यु


हावड़ा, 2 जुलाई (हि.स.)। हावड़ा नगर निगम परिसरभित्र बिहान एउटा रूख ढलेर दुई जना अस्थायी कर्मचारीहरूको मृत्यु भयो। मृतकहरूमा उमेश महतो र नूर मोहम्मद सामेल छन्।

प्राप्त जानकारी अनुसार हावड़ा नगर निगमका मुख्य नगर प्रशासकको कार्यालय सामु रहेको एक यूक्लिप्टसको रूख बिहान अचानक ढल्यो। घटनास्थलमा उपस्थित उमेश र नूरमाथि नै उक्त विशाल रूख ढल्यो जसले गर्दा उनीहरूको मृत्यु घटनास्थलमै भयो।

दुर्घटनाको खबर पाउनसाथ हावड़ा थानाको पुलिस घटनास्थलमा पुग्यो। नगरनिगमका अधिकारीहरू पनि घटनास्थलमा पुगे। दुवै शवलाई आफ्नो कब्जामा लिए। रूख हटाउने काम शुरू भएको छ।

निगम कर्मचारीहरूको भनाइ छ, यूक्लिप्टसको यो रूख केही दिनदेखिको झुकेको थियो। कुनै पनि समय ढल्नसक्ने अवस्थामा थियो। आज बिहान अचानक यो दुर्घटना भयो। कर्मचारीहरूले आशंका व्यक्त गरे, यदि यो रूख कार्यालय समयमा ढलेको भए अझ ठूलो नोक्सान हुनसक्थ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande