न्यू ब्यारकपुर, 2 जुलाई (हि.स)। न्यू ब्यारकपुर क्षेत्रमा एकजना व्यक्तिको अपहरणको घटनाले व्यापक सन्त्राष फैलाएको छ। तर पुलिसको तत्परता अनि तीव्र कारबाहीको फलस्वरूप केही घण्टाभित्रै पीड़ितलाई सशुकल मुक्त गराइयो। यस मामिलामा छःजना आरोपीहरूलाई पक्राउ गरिएको छ। बुधवार पुलिस कमिश्नरेटद्वारा बयान जारी गरी बताइयो, मामिलालाई सुल्झाइएको छ।
घटनाको शुरुआत 01 जुलाई, 2025-को भोर बिहान तीन बजे भएको हो जतिबेला न्यू ब्यारकपुरको सिद्धा टाउन, लट-104 मध्यमग्राम, सोदपुर रोड निवासी सुदिपा रायले न्यू ब्यारकपुर थानामा एक लिखित सिकायत दर्ता गराइन्। सिकायतमा उनले बताइन्, उनका पति सौमित्र राय जो 29 जूनको बिहान 9:00 बजे घरबाट काममा हिँड़ेके थिए। तर दुई दिन बितिसक्दा पनि उनी घरमा फर्केका छैनन्।
01 जुलाईमा उनको मोबाइल फोनबाट एउटा सन्देश आयो जसमा लेखिएको थियो, उनलाई बन्धक बनाइएको छ र रिहाईको सट्टामा 5 लाख रुपियाँ माग गरिएको छ। यस गम्भीर सिकायतको आधारमा न्यू ब्यारकपुर थानामा भारतीय न्याय संहिताको धारा 140(3), 308(2) र 308(4) अन्तर्गत मामिला संख्या 197/25 दर्ता गरियो।
पुलिसले मामिलाको संवेदनशीलतालाई बुझेर तत्काल कारबाही गर्यो। न्यू ब्यारकपुर थानाको एक विशेष टीमले जाँचमा हात पारेको प्रमाणको आधारमा बिधान नगर नर्थ थाना क्षेत्रस्थित एक होटलमा छापा माऱ्यो। छापामा पीड़ित सौमित्र रायलाई बन्धनबाट मुक्त गराइयो अनि त्यहाँ रहेका छःजना आरोपीहरूलाई तत्काल पक्राउ गऱ्यो।
पक्रा पर्ने आरोपीहरूलाई न्यायालयमा पेश गरिँदैछ जहाँ पुलिस रिमाण्डको निम्ति निवेदन गरिनेछ ताकि अपहरको षड़यन्त्र, फिरौतीको योजनामा सामेल अन्य सम्भावित आरोपीहरूको बारेमा पत्तो लगाउन सकियोस्। पुलिस सूत्र अनुसार प्रारम्भिक जाँचमा यस घटनाको पछाड़ि आर्थिक उदेश्य अनि सुनियोजित षड़यन्त्र रहेको हुनसक्ने आशंका व्यक्त गरिँदैछ। अग्रिम जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा