वर्षाबाट राहत पाउने आशा क्षीण, केही जिल्लाहरूमा घना वर्षाको चेताउनी
वर्षाबाट राहत पाउने आशा क्षीण, केही जिल्लाहरूमा घना वर्षाको चेताउनी


कोलकाता, 2 जुलाई (हि.स.)। पश्चिम बंगालको मौसमले कोल्टे फेरेको छ। राज्यबाट निम्न दबाव क्षेत्र हटे पनि वर्षा अनि तीव्र हावा चल्ने सिलसिला अहिले पनि जारी छ। मौसम विभागानुसार बिहीवारदेखि आगामी शनिवारसम्म राज्यमा घना वर्षा हुने सम्भावना छ। यस अवधि समुद्रमा तीव्र छाल आउनसक्छ। त्यसैले मछुवाराहरूलाई समुद्रमा नजाने सल्लाह दिइएको छ।

कोलकातामा आज पनि हल्कादेखि मध्यम वर्षा अनि आकाशमा बादल लाग्ने अनुमान लगाइएको छ। न्यूनतम तापमान 26.6 डिग्री सेल्सियस दर्ता गरिएको छ जुन सामान्यभन्दा 0.1 डिग्री कम हो। हावामा नमीको मात्रा 83-देखि 95 प्रतिशतबीच कायम छ जसबाट बाफिने गर्मी भइरहेको छ। वर्षा भएन भने असहजता अझ बढ़्नसक्छ। आगामी 24 घण्टाभित्रमा शहरको तापमान 27-देखि 32 डिग्री सेल्सियसबीच रहने सम्भावना छ।

मौसम विभाग अनुसार उत्तर बंगालका सबै जिल्लाहरूमा आज हल्कादेखि मध्यम वर्षा सहित कतिपय स्थानहरूमा घना वर्षा हुनसक्छ। दार्जीलिङ लगायत पहाड़ी जिल्लाहरूमा शनिवारसम्म छरिएको वर्षा हुनसक्ने अनुमान छ भने 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ। मेघ गर्जनसितै हुने वर्षाको लागि उत्तर बंगालका जिल्लाहरूको लागि यल्लो अलर्ट जारी गरिएको छ।

दक्षिण बंगालका उत्तर औ दक्षिण 24 परगना, नदिया मुर्शिदाबाद, बीरभूम, पूर्व औ पश्चिम बर्धमान जिल्लामा पनि बिहीवारदेखि आगामी शनिवारसम्म घना वर्षा हुने चेताउनी दिइएको छ। तटीय एवं बंगलादेश संलग्न जिल्लाहरूमा अधिक वर्षा हुने आशंका व्यक्त गरिएको छ।

मौसम विभागले स्पष्ट पारेको छ, आगामी आइतवारदेखि वर्षाको तीव्रता केही कम हुने आशा छ, तर त्यसबेलासम्ममा सम्पूर्ण राज्य सतर्क अनि होसियार रहन आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande